२७६० अंकमा पुग्यो सेयर बजार, ११ अर्ब ३१ करोडको कारोबार

काठमाण्डु टुडे २०८१ कार्तिक २६ गते १६:१० मा प्रकाशित

काठमाण्डु, २६ कात्तिक– सत्ताको कारोबारको दोस्रो दिन आज सोमबार सेयर बजार नेप्से २२.१४ अंकले वृद्धि भएर २७६०.२१ बिन्दुमा पुगेको छ ।

आज  ११ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले (नेप्से)ले जानकारी दिएको छ ।

आइतबार ९ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यसैगरी सोमबार १४३ कम्पनीको सेयर मूल्य बढेको छ ।

९२ कम्पनीको घटेको छ भने ९ कम्पनीको कारोबार स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us