काठमाण्डु, १९ माघ – बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा निर्धारण भएको १९ हजार ३७४ रोपनी जग्गाका जग्गाधनीलाई मुआब्जा वितरण गर्न बाँकी रहेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सो परियोजनाको धादिङ र गोरखातर्फ मुआब्जा निर्धारण भए पनि तीव्ररुपमा वितरण हुन सकेको छैन...
काठमाण्डु, १९ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ११ महीनाको अवधिमा रु ५५ करोडभन्दा बढी बक्यौता उठाएको छ । मङ्सिर मसान्तसम्म विभिन्न वायुसेवा प्रदायक कम्पनीबाट करीब ५० करोड र पुस महीनामा पनि झण्डै सात करोड बक्यौता उठेको विमानस्थल कार्यालयले जनाएको छ । एक महीनाको अवधिमा...
तनहुँ, १९ माघ– जापानमा फलाम कारखानामा काम गर्दा पूर्णबहादुर आलेले राम्रै आम्दानी गर्थे । दश वर्षसम्म त्यहाँ कार्यरत रहँदा आलेले पैसा त कमाए तर आत्मसन्तुष्टि कमाउन सकेनन् । अर्काको निर्देशनमा काम गर्नुभन्दा आफैँले सानो व्यवसाय गर्नसके आत्मसम्मान र प्रतिष्ठान हुने उनलाई थाहा थियो, तर...
काभ्रे, १९ माघ– जिल्ला अनुगमन समितिले जिल्लामा सञ्चालित तीन ग्यास उद्योगलाई तत्काल गुणस्तर प्रमाण चिह्न लिन निर्देशन दिएको छ । शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाल आयल निगमका उपनिर्देशक प्रलयङ्कर आचार्य र नेपाल गुणस्तर तथा नापतौल विभागका केमिस्ट इञ्जय मानन्धर र बनेपा...
मुद्रा प्रदर्शनीबाट सङ्कलन भएको रकम आर्थिक तथा शैक्षिक गुणस्तर कमजोर भएका सरकारी बिद्यालयको सुधारका लागि सहयोग गर्ने सरोज बताउँछन् । सङ्कलित रकम विद्यालयका साथै सामाजिक कार्यमा समेत खर्च गर्ने सोच रहेको उनले बताए । चुनिखेलको नौलिन माध्यमिक विद्यालयबाट मुद्रा पहिचानको अभियान शुरु गरिएको दिनेशले...
काठमाण्डु, १८ माघ – एनसेलका ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग सुलभ दरमा असिमित कुराकानीको मजा लिन सक्नेछन् । नजिकिँदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागी भ्यालेन्टाइन अफर ल्याएको हो । जसअन्तर्गत ग्राहकले आफुले छानेको एउटा विषेश एनसेल नम्बरमा मात्र...
काठमाण्डु, १७ माघ – नेपाल स्टक एक्सचेञ्जले धितोपत्र बिक्री गर्दासमेत अग्रिम रकम माग गरेको भन्दै त्यस्तो नगर्न नगराउन धितोपत्र दलाल व्यवसायीलाई आग्रह गरेको छ । धितोपत्र खरीद गर्दा अग्रिम रकम लिने व्यवस्था भए पनि बिक्री गर्दासमेत अग्रिमरुपमा रकम माग गरेको भन्ने गुनासो आएकाले त्यस्तो...
काठमाण्डु, १६ माघ –धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा क्रिकेट रंगशालाको घोषणा गरेसँगै सहयोग जुट्न थालेको छ । गौतमबुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि जग्गा प्राप्तीसम्बन्धी सम्झौतामा फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच बुधबार सम्झौता भएको छ । कार्यक्रममै विभिन्न संस्था तथा व्यक्तिले सहयोगको घोषणा गरेका छन् । रंगशालाका लागि...
काठमाण्डु, १६ माघ – पछिल्लो दिनहरुमा सुनको मूल्य आकाशिँदै गएको छ । बुधबार ९आज० सुनको मूल्य ६२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबारको तुलनामा आज सुन तोलामा सात सय रुपैयाँले बढेको हो । अघिल्लो...
जिरी, १६ माघ – दोलखाको पर्यटकीय नगरी जिरी भ्रमणमा आउने पर्यटकलाई होटलका कोठा भाडामा ५० प्रतिशत छुट दिइने भएको छ । आजदेखि लागू हुने गरी होटल व्यवसायीले जिरी भ्रमणमा आउने पाहुनाका लागि यस्तो घोषणा गरेका हुन् । पर्यटकलाई जिरीमा आकर्षित गर्ने उद्देश्यले होटल व्यवसायीले...
भरतपुर १५ माघ – कुखुराको दानाको मूल्यमा भारी वृद्धि भएको छ । दाना उद्योगीको भेलाले प्रतिबोरा रु १५० का दरले दानाको मूल्य बढाएको हो । दानामा प्रयोग हुने मुख्य कच्चा सामग्री मकै र भटमास पिनाको मूल्य बढेकाले दानाको मूल्य बढाइएको दाना उद्योग सङ्घका केन्द्रीय...
काठमाण्डु, १५ माघ – धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.८९ विन्दुले घटेर एक हजार १६०.९९ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७८ विन्दुले घटेर २४६.४७...