काठमाण्डु, १६ माघ – पछिल्लो दिनहरुमा सुनको मूल्य आकाशिँदै गएको छ । बुधबार ९आज० सुनको मूल्य ६२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो कारोबारको तुलनामा आज सुन तोलामा सात सय रुपैयाँले बढेको हो । अघिल्लो कारोबारमा सुन ६१ हजार ५ सय रुपैयाँ थियो ।
तेजावी सुन भने प्रतितोला ६१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।