अर्थ

हिमालयन ऊर्जाले साधारण शेयर बिक्री गर्ने

२०७५ माघ २२ गते १४:०२

काठमाण्डु, २२ माघ – नेपाल धितोपत्र बोर्डले हिमालयन ऊर्जा विकास कम्पनीलाई रु १४ करोड ८५ लाख बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले सर्वसाधारणलाई बिक्री गर्ने गरी १४ लाख ८५ हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो । प्रतिकित्ता...

अमेरिकी डलरसहित सबै विदेशी मुद्राको मूल्य बढ्यो

२०७५ माघ २२ गते १२:१०

काठमाण्डु, २२ माघ – मंगलबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११५ रुपैयाँ १९ पैसा तोकेको छ...

क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिस

२०७५ माघ २१ गते १६:४८

काठमाण्डु, २१ माघ – राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिस गर्ने भएको छ । खेलाडीहरुको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका सदस्य सचिव केशव विष्टले यस्तो बताएका हुन् । उनले भने , ‘प्रत्येक खेलाडीलाई ५ लाख दिन भोलि मन्त्रालयमार्फत...

अन्तत: सुरु भयो रेल किन्ने प्रक्रिया , एक अर्ब ५० करोड लाग्ने

२०७५ माघ २१ गते १५:५७

काठमाण्डु, २१ माघ – जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले खरीद प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषद्को गत पुस २९ गते बसेको बैठकले रेल खरीद गर्ने निर्णय गरेकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले रेल खरीदका लागि तयारी गरेको...

सुन्तला बिक्रीबाट ३८ करोड आम्दानी

२०७५ माघ २१ गते १४:४४

गोरखा, २१ माघ – गोरखा जिल्लामा यसवर्ष सुन्तला बिक्रीबाट मात्रै रु ३८ करोड आम्दानी भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । जिल्लामा भएको कूल सुन्तला निर्यातमध्ये सबैभन्दा धेरै मनकामना क्षेत्रमा निर्यात भएको प्रधानमन्त्री...

साल्ट ट्रेडिङको चिनी भन्सारमै थन्कियो

२०७५ माघ २१ गते १४:३८

वीरगञ्ज, २१ माघ साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरका २४ हजार ४५ मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ । सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि कर्पोरेशनले भित्र्याएको उक्त परिणामको भारतीय चिनी गोदाममा थन्किएको हो ।...

सर्वोत्तम सिमेन्टले मासिक २० करोड राजश्व तिर्ने

२०७५ माघ २१ गते १३:३४

नवलपरासी, २१ माघ – पश्चिम नवलपरासीको सुनवलमा रहेको सर्वोत्तम सिमेन्ट उद्योगले मासिकरूपमा करीब रु २० करोड राजश्व तिर्ने योजना बनाएको छ । यस अघि मासिक करीब रु आठ करोड राजश्व तिर्दै आएको उद्योगले क्षमता विस्तारसँगै अब मासिक करीब रु २० करोड तिर्ने योजना रहेको...

फोरजी विस्तार गर्न टेलिकमले गर्यो चिनियाँ कम्पनीसँग सम्झौता

२०७५ माघ २० गते १६:४२

काठमाण्डु, २० माघ – नेपाल टेलिकमले फोरजी/एलटीई सेवा देशभर विस्तारका लागि ठेक्का सम्झौता गरेको छ । टेलिकमले देशभर फोरजी विस्तारका लागि दुई चिनियाँ कम्पनीसँग सम्झौता गरेको हो । फोरजीरएलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क (र्‍यान)को लागि चिनियाँ कम्पनी जेडटीई...

शेयर बजार आठ अङ्कले घट्यो

२०७५ माघ २० गते १६:३०

काठमाण्डु, २० माघ – साताको पहिलो दिनमै धितोपत्र बजारमा आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.५७ विन्दुले घटेर एक हजार १५३.०६ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७२ विन्दुले घटेर...

नेपाल बैंकको नाफा एक अर्ब ६६ करोड

२०७५ माघ २० गते १६:१४

काठमाण्डु, २० माघ – नेपाल बैंकले चालू आर्थिक वर्षको छ महीनामा रु एक अर्ब ६६ करोड १४ लाख ९८ हजार नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले रु एक अर्ब ६३ करोड ८४ लाख ५९ हजार नाफा कमाएको थियो । गत आवको...

निक्षेप नवीकरण गर्दा बढी ब्याज दिन पाइने

२०७५ माघ २० गते १४:०७

काठमाण्डु, २० माघ – वाणिज्य बैंकले निक्षेप नवीकरण गर्दा बढी ब्याज दिन पाउने भएका छन् । नेपाल बैंकर्स सङ्घको आजको बैठकले त्यस्तो निर्णय गरेको हो । पछिल्लो पटक ‘क’ वर्गका वाणिज्य बैंकले निक्षेप नवीकरण गर्दा बढी ब्याज लिएको भन्दै बैंकहरुबीच नै गुनासो बढेपछि सङ्घको...

आज मध्यरातबाट पेट्रोलियम पदार्थको मूल्यवृद्धि

२०७५ माघ १९ गते २०:४२

काठमाण्डु, १९ माघ– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीटेलको मूल्यवृद्धि गरेको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ दरले वृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us