अर्थ

‘माथिल्लो त्रिशुली थ्री ए’को संरचना परीक्षण सफलतापूर्वक सम्पन्न

२०७६ वैशाख १७ गते १२:००

काठमाण्डु, १७ वैशाख – ‘माथिल्लो त्रिशुली थ्री ए’ जलविद्युत् आयोजनाको संरचना तथा उपकरणहरुको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नु पर्ने सम्पूर्ण परीक्षण सम्पन्न भएको हो । सोमबार विद्युत गृहमा रहेका उपकरणहरुबाट विद्युत् उत्पादन नगरी गरिने परिक्षण सम्पन्न...

गुराँस लघुवित्तले शेयर खुलायो

२०७६ वैशाख १६ गते १७:०६

काठमाण्डु, १६ बैशाख – पछिल्लो दिनमा साधारण शेयर बिक्री गर्ने होडबाजी चलिरहेको बेला गुराँस लघुवित्तले आजदेखि साधारण शेयर बिक्री शुरु गरेको छ । कम्पनीले दुई लाख ३३ हजार ६२५ कित्ता शेयर बिक्री शुरु गरेको हो । बिक्री गर्न लागिएको दुई लाख ५० हजार कित्ता...

नेपाल बैंकको नाफा दुई अर्ब २४ करोड

२०७६ वैशाख १६ गते १६:३१

काठमाण्डु, १६ बैशाख – नेपाल बैंक लिमिटेडले रु दुई अर्ब २४ करोड ५५ लाख खुद मुनाफा गरेको छ । बैंकले आज चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरी उक्त कुराको जानकारी दिएको हो। बैंकको चुक्ता पूँजी रु आठ ८ अर्ब चार करोड...

झुक्याएका व्यापारीलाई प्रधानमन्त्रीले नै साथ दिएपछि…

२०७६ वैशाख १६ गते १५:४१

काठमाण्डु, १६ वैशाख – सरकारले चिनी आयातमा लगाइएको बन्देज तीन महिनालाई थपेको छ । गत भदौबाट चैत सम्मलाई लगाइएको बन्देज असार मसान्त सम्मलाई थप गरिएको हो । आयातित सस्तो चिनीले स्वदेशी चिनी उद्योग मारमा परेको भन्दै सरकारले आयातित चिनीमा कोटा लगाएको थियो । वैशाख...

कर विवादमा एनसेल अन्तर्राष्ट्रिय आर्बिट्रेसनमा जाँदै

२०७६ वैशाख १६ गते १३:१४

काठमाण्डु, १६ बैशाख – एनसेलले कर विवादको मुद्दालाई लिएर अन्तर्राष्ट्रिय आर्बिट्रेसन निकायमा जाने भएको छ । नेपाल सरकारले निर्धारण गरको करका विरुद्ध एजिआटा यूके र एनसेलले आर्बिट्रेसनमा जानका लागि अन्तर्राष्ट्रिय लगानी सम्बन्धी विवाद समाधान केन्द्र (आईसीएसआईडी)मा निवेदन दिने तयारी गरेको छ । एनसेलले यसमा...

सुनको भाउ बढ्यो

२०७६ वैशाख १६ गते १३:०५

काठमाण्डु, १६ बैशाख – आइतबारको तुलनामा सोमबार नेपाली बजारमा छापावाल सुनको भाउ बढेको छ । आइतबार तोलमा ५९ हजार ८०० मा कारोबार भएको सुनको भाउ सोमबार रु १०० बढेर ५९ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ । यस्तै तेजावी...

यसरी भित्रिँदैछ नेपालमा असारभित्रै पाइपबाट पेट्रोल !

२०७६ वैशाख १६ गते १०:१६

वीरगञ्ज, १६ वैशाख – दक्षिण एशियाको पहिलो क्रसबोर्डरको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको ५ किलोमिटर क्षेत्रमा मात्र रुखकाटी जमिनमुनि पेट्रोलियम पाइपलाइन बिछ्याउने काम बाँकी रहेको छ । बहुप्रतिक्षित आयोजनाका रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ओछ्याउने पेट्रोलियम...

अब विदेशबाट आफ्नै सिमबाट फोन गर्न सकिने

२०७६ वैशाख १६ गते १०:१३

काठमाण्डु, १६ वैशाख – नेपाल टेलिकमले आज (सोमबार) देखि प्रिपेड मोबाइलमा प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन् । अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताले चीन वा भारत...

प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा भोलिदेखि लागु हुँदै

२०७६ वैशाख १५ गते १६:५५

काठमाण्डु, १५ बैशाख – नेपाल टेलिकमले प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा लागु गर्ने भएको छ । टेलिकमले सोमबारदेखि यो सेवा प्रथम चरणमा भारत र चीनमा लागु गर्ने जनाएको छ । यो सेवा सुरू भएसँगै नेपाल टेलिकमका जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरुले चीन र भारतमा रहँदा...

शेयर बजारः २२ अङ्कले वृद्धि

२०७६ वैशाख १५ गते १६:४६

काठमाण्डु, १५ बैशाख – धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.३९ विन्दुले वृद्धि भई एक हजार ३१४.५१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार १.७३ प्रतिशतले वृद्धि भएको हो...

अब नेपालबाट ४५ हजारमै जापान पुगिने

२०७६ वैशाख १५ गते ११:३६

काठमाण्डु, १५ बैशाख – नेपाल एयरलाइन्सले काठमाण्डुबाट जापानको ओसाका उडानको भाडा निर्धारण गरेको छ । जापानको नागरिक उड्डयन नियमकले स्वीकृत गरेको भाडादर नै लागू हुने एयरलाइन्सले जानकारी दिएको छ । असार १९ गतेदेखि उडान शुरु गर्ने घोषणा गरेको एयरलाइन्सले भाडा ४५ हजार लिने भएको...

सिम्रिक एयरले ल्यायो नयाँ हेलिकोप्टर

२०७६ वैशाख १५ गते ११:०८

काठमाण्डु, १५ वैशाख – सिम्रिक एयरले नयाँ हेलिकोप्टर थपेको छ । उसले खरिद गरेको नयाँ एएसथ्री फाइभ जिरो बिथ्रिई हेलिकोप्टर शनिबार काठमाण्डुमा अवतरण गरेको हो । फ्रान्समा बनेको यो हेलिकोप्टरको कलसाइन नाइनएन–एएनबी हो । मलेसियाबाट क्याप्टेन आनन्द थापाले अर्का क्याप्टेन विमल शर्मा र इन्जिनियर प्रचण्ड मल्लका साथ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us