झुक्याएका व्यापारीलाई प्रधानमन्त्रीले नै साथ दिएपछि…

काठमाण्डु टुडे २०७६ वैशाख १६ गते १५:४१ मा प्रकाशित

काठमाण्डु, १६ वैशाख – सरकारले चिनी आयातमा लगाइएको बन्देज तीन महिनालाई थपेको छ । गत भदौबाट चैत सम्मलाई लगाइएको बन्देज असार मसान्त सम्मलाई थप गरिएको हो ।

आयातित सस्तो चिनीले स्वदेशी चिनी उद्योग मारमा परेको भन्दै सरकारले आयातित चिनीमा कोटा लगाएको थियो ।

वैशाख २ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा निकालेको सूचनाा अनुसार ‘निकासी–पैठारी ऐन २०१३’को अधिकार प्रयोग गरि परिमाणात्मक बन्देजको अवधि तीन महिनालाई थपेको हो ।

केही महिना अघि नेपाल उद्योग परिसङ्घको साधारण सभामा प्रधानमन्त्री केपी ओलीले चिनी आयातमा प्रतिबन्ध लगाउन लगाएर आफूलाई झुक्काएको बताएका थिए । त्यसको एक महिना पनि नपुग्दै सरकारले चिनी आयातको बन्देज तीन महिनालाई थप गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us