खाजाले बढे विद्यार्थी

२०७६ जेठ २८ गते १६:०५

डोटी, २८ जेठ – जिल्लाको आदर्श गाउँपालिका–६ गरिचौकामा रहेको कपिलास आधारभूत विद्यालयमा शिक्षाका लागि खाद्य कार्यक्रम लागू भएपछि विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको छ । उक्त विद्यालयमा शिक्षाका लागि खाद्य कार्यक्रमले विद्यार्थीलाई दिवा खाजा दिन शुरु गरेपछि विद्यालयमा आउने विद्यार्थीको सङ्ख्या एकाएक बढेको हो ।...

विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफल शुरु

२०७६ जेठ २८ गते १५:५५

काठमाण्डु, २८ जेठ – प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत मन्त्रालयगत छलफल आजदेखि शुरु भएको छ । उक्त विधेयकअन्तर्गत आजको बैठकमा युवा तथा खेलकूद, शहरी विकास र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल प्रारम्भ भएको हो । बैठकमा सांसद दुर्गा पौडेल, दिव्यराज भण्डारी, रङ्गमती शाही, डा.मीनेन्द्र...

लोकसेवामा ८२ हजारले दिए आवेदन

२०७६ जेठ २८ गते १५:३६

काठमाण्डु, २८ जेठ – स्थानीय तहमा पदपूर्तिका लागि लोक सेवा आयोगले खोलेको विज्ञापनमा आवेदन दिनेको संख्या १३ दिनमा ८२ हजार पाँच सय पुगेको छ । आयोगको विज्ञापन संविधानअनुसार समावेशी नभएको भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले स्थगित गर्न सरकारलाई निर्देशन दिए पनि आवेदन...

भारतमा चट्याङले लियो ८ जनाको ज्यान

२०७६ जेठ २८ गते १५:२५

बिहार, २८ जेठ – पूर्वी भारतीय राज्य बिहारमा बिभिन्न भागमा आएको आँधी र चट्याङमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका छन् ।Chatyan राज्यद्वारा सञ्चालित सञ्चार माध्यम अल इन्डिया रेडियो (एआरआइ) ले मङ्गलबार सो जानकारी दिएको छ । आँधी...

प्रधानमन्त्री ओलीले फ्रान्सका समकक्षीसँग भेट गर्ने

२०७६ जेठ २८ गते १५:१४

फ्रान्स, २८ जेठ – युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका समकक्षी फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डबीच बिहीवार औपचारिक वार्ता हुने टुंगो लागेको छ । दुई समकक्षीबीच प्रधानमन्त्री कार्यालयमा बेलुका पाँच बजे वार्ता हुने भएको हो । वार्ताका क्रममा नेपाल र फ्रान्सबीच कूटनीतिक...

नेपालका हिमनदीको पिँधको तापक्रम माइनस तीन डिग्री सेल्सियस

२०७६ जेठ २८ गते १४:५०

काठमाण्डु, २८ जेठ – पछिल्लो अध्ययनले नेपालका हिमनदीको पिंधको तापक्रम माइनस १० डिग्री सेल्सियसको हाराहारीसम्म छ भन्ने सोचाइलाई गलत सावित गरिदिएको छ । नेपालका हिमनदीमा पहिलोपटक गरिएको ‘हट वाटर ड्रिलिङ’ अध्ययनले हिमनदीको पिँधको तापक्रम माइनस एकदेखि माइनस तीन डिग्री सेल्सियस मात्र रहेको प्रमाणित भएको...

शानदार मःम: पसलमा भीषण आगलागी, मजदूर जले

२०७६ जेठ २८ गते १४:३८

काठमाण्डु, २८ जेठ – शखमुलको शानदार मःम: पसलमा भीषण आगलागी भएको छ । आगलागीबाट शानदार मःम: पसल रहेको घरको भुइँतला पुरै जलेको छ । आगलागी भएपछि काठमाण्डु र भक्तपुरका दमकल आगो निभाउन पुगेका छन् । ग्यास लिक भएर आगलागी भएको बताइएको छ । यसै...

लोकसेवाको विज्ञापन रोक्न हुँदैन्ः साझा विवेकशील

२०७६ जेठ २८ गते १४:२८

काठमाण्डु, २८ जेठ – लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदमा कर्मचारी भर्नाका लागि गरेको विज्ञापन रोक्न नहुने साझा विवेकशील पार्टीले बताएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रोक्न निर्देशन दिएको भोलिपल्ट मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीले भनेको छ, ‘राजनीति भागबण्डाले...

यातायात मन्त्रालयका उपसचिवको कर्तुतः ब्ल्याक मेल गर्दै छोरी बलात्कार !

२०७६ जेठ २८ गते १४:१३

काठमाण्डु, २८ जेठ – ललितपुरमा आफ्नै छोरी जर्बजस्ती गर्न खाेज्ने बाबु पक्राउ परेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादवले आफ्नै १८ वर्षीया छोरीलाई विगत ३–४ वर्षदेखि जर्बजस्ती करणी गर्दै आएको खुलेको छ । उनले छोरीलाई ब्यालकमेलिङ गर्दै करणी गरेको खुलेको...

वडा सचिव नहुँदा सेवाग्राही मर्कामा

२०७६ जेठ २८ गते १३:५९

दमौली, २८ जेठ – स्थानीय तहमा वडा सचिव नहुँदा सेवाग्राही मर्कामा पर्ने गरेका छन् । समायोजनमा कर्मचारीले सङ्घ र प्रदेश रोजेपछि स्थानीय तहमा वडा सचिवको अभाव हुँदा सेवाग्राही मर्कामा परेका हुन् । तनहुँका दश स्थानीय तहका ८५ वडामध्ये ४२ वडामा सचिव छैनन् । वडा...

त्रिवि अन्तर्राष्ट्रिय सम्मेलनको घोषणा

२०७६ जेठ २८ गते १३:४४

काठमाण्डु, २८ जेठ – त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनले उच्च शिक्षाको सुधारसम्बन्धी १७ बुँदे घोषणापत्र पारित गरेको छ । सोमबार सम्पन्न सो दुईदिने सम्मेलनले पाठ्यक्रम निर्माण लचिलो हुने र परम्परागत मानसिकता माथि उठ्ने, पाठ्यक्रम निर्माणमा बहुविधागत विषय संलग्न...

स्थानीयले दिए धुर्मुसलाई साथ

२०७६ जेठ २८ गते १३:३४

चितवन, २८ जेठ – बाटो विवादका कारण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दल, स्थानीयवासीलगायतले अनुरोध गरेका छन् । यही जेठ १५ गते रंगशालाको पश्चिमतर्फ लगाइएको बार केही स्थानीयवासीले भत्काएकाले काम अवरुद्ध भएको थियो । बार भत्काउनेलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us