काठमाण्डु, २९ जेठ – नेकपा(मसाल)ले सरकारले बैठकबाट गिरफ्तार गरेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका विद्यार्थी नेताहरुलाई रिहा गर्न माग गरेको छ । यही जेष्ठ २६ गते कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेकपा(विप्लव)सित सम्बन्धित विद्यार्थी संगठनका २२ जना कार्यकर्ताहरु वैठकमा बसिरहेको बेलामा सरकारले गिरफ्तार गरेकोप्रति मसालले आपत्ति जनाएको...
काठमाण्डु, २९ जेठ – संयुक्त अधिराज्यको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बेलायतका विभिन्न कार्यक्रममा सहभागी भएर आज दिउँसो मित्र राष्ट्र फ्रान्सको औपचारिक भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली फ्रान्सका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो लण्डनबाट रेल चढेर फ्रान्सको राजधानी पेरिस पुग्ने...
काठमाण्डु, २९ जेठ – ‘गोरखा भूकम्प’ भारतको नाकाबन्दी तथा अन्य प्राकृतिक प्रकोपका कारण लागत बढ्दै गएपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लागत दोब्बरले वृद्धि हुने भएको छ । आयोजना शुरु गर्दा रु ३५ अर्ब लागत रहेको सो आयोजनाको कूल लागत वृद्धि भई रु ७३ अर्ब...
मेक्सिको, २९ जेठ – मेक्सिकोको दक्षिण पश्चिममा मङ्गलबार एक जना पत्रकारको हत्या भएको छ । प्रहरीका अनुसार मेक्सिकोको टाबास्को होए नामको अखबारमा विगत १५ वर्षदेखि संवाददाताका रुपमा कार्यरत नोर्मा साराबीयाको हत्या भएको हो । उनले टाबास्को राज्यका अरु सञ्चार माध्यममा समेत कार्य गरेकी थिइन्...
डोल्पा, २९ जेठ – गएरातिदेखि अवरुद्ध भएको डोल्पाको टेलिफोन सेवा सञ्चालन नहुँदा जिल्लाको सञ्चार सेवा बिच्छेद भएको छ । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–२ लइटी डाँडामा रहेको रिपिटर टावरमा खराबी आएपछि गएरातिदेखि डोल्पाको सदरमुकाम दुनै र अन्य ठाउँको टेलिफोन सेवा अवरुद्ध भएको हो । यही टावरबाट...
काठमाण्डु, २९ जेठ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सांसद देवेन्द्र राज कँडेलले नेपाल एयरलाइन्सको टिकट बुकिङ सिस्टम राख्ने काममा कार्यकारी अध्यक्ष मदन खरेलले भ्रष्टाचार भएको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै कँडेलले २०१८ मार्चमा बुकिङ सिस्टमका लागि भएको ग्लोबल टेन्डरमा...
पाँचथर, २९ जेठ – अन्तरजातीय विवाह गरी श्रीमतीलाई गर्भवती बनाएर वेपत्ता भएपछि पाँचथरको याङवरक गाउँपालिका–४ की प्रमिला सिवाको बिजोग भएको छ । एक वर्ष अघि सिदिङ्बा गाउँपालिका–४, साब्लाखुका विजय ताम्लिङ लिम्बूसँग अन्तरजातीय विवाह गरेकी सिवाको लिम्बूले गर्भवती बनाएर अर्को विवाह गरेपछि बिचल्ली भएको हो...
काठमाण्डु, २९ जेठ – नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्थाका रूपमा रहेको नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को चार महिनादेखि तदर्थ समिति बन्न सकेको छैन । एघारौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले २०७५ माघ २८ मा राजीनामा दिएसँगै चार महिनादेखि नेतृत्वविहीन रहेको नेविसङ्घको अहिलेसम्म तदर्थ समिति...
एजेन्सी । उत्तर प्रदेशको शामलीमा समाचार संकलन गर्न पुगेका एक पत्रकारमाथि हातपात भएको छ । रेलवेको ढिलासुस्तीको समाचार संकलन गर्न गएका एक निजी न्युज च्यानल न्युज–२४ का स्ट्रिंगर अमित शर्मालाई रेलवे प्रहरी कर्मचारीले बेस्मारी कुटपिट गरेका हुन् । अमितले आफ्नो मोबाइलबाट फुटेज लिइरहेको बेला...
बेलायत, २९ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमणका क्रममा बेलायतमा रहेका गोरखा सैनिकहरूले सलामी अर्पण गरेका छन् । प्रधानमन्त्री ओली मंगलबार संयुक्त राज्य बेलायतको काम्बर्ली स्थित रोयल मिलिटरी एकेडेमीमा रहेको गोरखा ब्रिगेडको मुख्यालयमा पुगेका थिए । १९ वर्षपछि बेलायत भ्रमणमा पुगेका नेपालका...
एजेन्सी । भेनेजुएलाको कुराकाओमा डुंगा दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा ३० जना भेनेजुएलाका आप्रवासी बेपत्ता भएका छन् । पारिवारिक स्रोत उद्धृत गर्दै एक सांसद लुइस स्टेफानेलीले डुंगामा ३० देखि ३५ जना सवार रहेको जानकारी दिए । उनले बेपत्ता भएका व्यक्तिहरु परिवारको सम्पर्कमा नआएको बताए...
काठमाण्डु, २९ जेठ – श्रृंखला खतिवडा सुजुकी स्कुटरको ब्राण्ड एम्बेस्डरमा अनुबन्धित भएकी छन् । सुजुकीको लागि नेपाल अधिराज्यभरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भि.जी. अटोमोबाइल्सले आफ्नो स्कुटर रेन्ज (बर्गम्यान, एक्सेस र लेट्स) को लागि मिस नेपाल २०१८ श्रृंखला खतिवडालाई व्राण्ड एम्बेसडरको लागि अनुबन्धित गरेको हो...