रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक सईको जिम्मेवारी खोसियो

काठमाण्डु टुडे २०८२ असार २० गते १५:१८ मा प्रकाशित

काठमाण्डू,२० असार– भैरहवा कारागारमा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीभा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक सईको जिम्मेवारीबाट हटाइएको छ ।

नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्काको जिम्मेवारी खोस्दै हेडक्वाटर झिकाइएको हो । हस्ताक्षरबारे बुझन् खड्कालाई हेडक्वाटर झिकाइएको बारे नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले पनि पुष्टि गरे ।

सहकारी ठगीको आरोपमा थुनामा रहेका लामिछानेको पक्षमा नागरिकस्तरबाट भन्दै रास्वपाले हस्ताक्षर अभियान चलाएको छ । राजनीतिक प्रतिशोध साँधिएको भन्दै चलाइएको हस्ताक्षर अभियानमा सई खड्काले हस्ताक्षर गरेको फोटा सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि उनी छानबिन प्रक्रियामा परेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us