जब प्रहरीले पत्रकारकाे मुखमा पिसाब गरिदिए…

काठमाण्डु टुडे २०७६ जेठ २९ गते १३:५५ मा प्रकाशित

एजेन्सी । उत्तर प्रदेशको शामलीमा समाचार संकलन गर्न पुगेका एक पत्रकारमाथि हातपात भएको छ ।

रेलवेको ढिलासुस्तीको समाचार संकलन गर्न गएका एक निजी न्युज च्यानल न्युज–२४ का स्ट्रिंगर अमित शर्मालाई रेलवे प्रहरी कर्मचारीले बेस्मारी कुटपिट गरेका हुन् ।

अमितले आफ्नो मोबाइलबाट फुटेज लिइरहेको बेला पुलिस इन्सपेक्टर राकेश कुमार र जवान सञ्जय पवारले मंगलबार उनको मोबाइल खोसेर कुटपिट गरेका हुन् । रातभर थानामा बन्द उनी साथी पत्रकारको धर्नापछि बुधबार बिहान मुक्त भएका छन् ।

‘उनीहरु सादा पोशाकमा थिए । मेरो मोबाइल खोसे । गाली, कुटपिट गरे र हिरासतमा बन्द गरिदिए । उनीहरुले मेरो मुखमा पिसाबसमेत गरे,’ पत्रकार अमित शर्माले भने ।

पत्रकार कुटपिट मामिलाको भिडियो भाइरल भएपछि उत्तर प्रदेश प्रहरीका डीजीपी ओपी सिंहले इन्सपेक्टर राकेश कुमार र जवान सञ्जय पवारलाई निलम्बित गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us