अबको प्रधानमन्त्री प्रचण्ड

२०७६ साउन ४ गते १७:०२

बुटवल, ४ साउन– सत्तारुढ नेकपा स्थायी समिति सदस्य दवेन्द्र पौडेलले पार्टी एकताअघि तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार सरकारको नेतृत्व परिवर्तन हुनैपर्ने बताएका छन् । पैडेलले आलोपालो सरकारको नेतृत्व गर्नेलगायतका ५ बुँदे सहमति कुनै हालतमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए । ‘सरकारको नेतृत्व आलोपालो...

बाख्रा चराउन जाँदा खाल्डोले लियो दुई बालिकाको ज्यान

२०७६ साउन ४ गते १६:४७

रौतहट , ४ साउन-  रौतहटको देवाही गोनाही नगरपालिकामा बाढीको पानी जमेको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ वर्षीया निरुता कुमारी र पिन्की कुमारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । देवाही गोनाही नगरपालिका ५ को लालबकैया नदी भन्दा...

पानी सङ्कलनबारे राष्ट्रिय सम्मेलन हुने

२०७६ साउन ४ गते १६:१४

काठमाण्डु, ४ साउन- यही साउन ११ र १२ गते काठमाडौँमा वर्षाको पानीलाई सङ्कलन र व्यवस्थापनसम्बन्धी राष्ट्रिय सम्मेलन हुने भएको छ । वर्षाको पानीलाई सङ्कलन र व्यवस्थापन गरी घरायसी आवश्यकता पूरा गर्ने, पानीका कारण उत्पन्न हुने पहिरो र बाढीजस्ता प्राकृतिक प्रकोपलाई पनि न्यूनीकरण गर्न सरोकारवाला...

प्रियङ्का गान्धीले म जेल जान तयार छु भनेपछि…

२०७६ साउन ४ गते १५:२४

मिर्जापुर , ४ साउन- भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियङ्का गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताएकी छिन । गत जुलाई १७ तारिखका दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरुका आफन्तलाई भेटेपछि उनले यस्तो बताएकी हुन । पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल हाल्छ भने म...

१६ जुवाडे पक्राउ

२०७६ साउन ४ गते १५:०४

काठमाण्डु, ४ साउन- प्रहरीले जुवातास खेलिरहेको अवस्थामा दुई ठाउँबाट १६ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका-६ सूर्यविनायकस्थित हरिबहादुर खड्काको घरमा गए राति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको हो । जुवाखालबाट प्रहरीले नगद रु एक...

वृद्ध मानिसले बालिका बलात्कार गरेपछि…

२०७६ साउन ४ गते १४:२१

ओखलढुङ्गा , ४ साउन- बालिका बलात्कार गरेको आरोपमा ओखलढुङ्गामा एक वृद्ध पक्राउ परेका छन् । स्थानीय १० वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा चिशङ्खुगढी गाउँपालिका-६ भदौरेका ६५ वर्षीय अम्बरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । घरमा कोही नभएका बेला मगरले बालिकालाई करणी गरेको भन्दै...

बङ्गालको खाडीबाट आएको हावाको प्रभावले भारी वर्षाको सम्भावना

२०७६ साउन ४ गते १४:१३

काठमाण्डु, ४ साउन- बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले आज देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज एक विशेष बुलेटिन जारी गर्दै मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर अवस्थित भए पनि...

प्रधानमन्त्रीले संसद विघटन गर्ने हल्लाबारे बोले सुवास नेम्वाङ

२०७६ साउन ४ गते १४:०१

धुलिखेल, ४ साउन– नेकपाका संसदीय उपनेता एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने बताएका छन् । नेम्वाङले प्रधानमन्त्रीले कार्यकालको बीचमै संसद विघटन गर्न संविधानले नदिने स्पस्ट गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने तयारी गरेको भन्ने हल्लाबीच नेम्वाङले यस्तो...

शक्तिशाली विभागको जिम्मेवारी वामदेव गौतमलाई

२०७६ साउन ४ गते १२:२०

काठमाण्डु, ४ साउन- नेपाल कम्युनिष्ट पार्टी नेकपामा अन्ततः पार्टीको शक्तिशाली विभाग वामदेव गौतमलाई दिइने भएको छ । निरन्तर पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको सम्पर्कमा रहेका वामदेव गौतमलाई संगठन विभागको जिम्मेवारी दिन ओली सहमत भएका छन् । गत पौषमा सम्पन्न स्थायी कमिटीको बैठकमा गौतमले फरक...

नारायणीमा सरर पानीजहाज चल्ने भएपछि…

२०७६ साउन ४ गते १२:०७

काठमाण्डु, ४ साउन- नारायणी नदीमा सञ्चालन गर्न चार महिनादेखि निर्माणधिन क्रुज मिनी पानीजहाज लाई नदीमा राखिएको छ । पानी बाहिर राखेर निर्माण गरिँदै आएको क्रुजको काम सकिएपछि पानीमा राखेर निर्माण सुरु गरिएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी दिए। चैतबाट जहाज...

कालिमाटीका तरकारी व्यापारीलाई जरिवाना लगाएपछि…

२०७६ साउन ४ गते ११:५४

काठमाण्डु, ४ साउन- वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बल्खु र कालीमाटी तरकारी बजारका १९ तरकारी व्यवसायीलाई आर्थिक जरिवाना गरेको छ । अनुगमनका क्रममा थोक व्यापारीले खरिदबिक्री बिल देखाउन नसकेपछि अनुगमन स्थलमै जरिवाना गरिएको हो । व्यवसायीले बिलबिजक जारी नगरी चर्को मूल्य असुल्दै आएको...

परीक्षास्थलमा प्रवेश गरेर लोकसेवा आयोगको प्रश्नपत्र च्यात्ने ४ जना पक्राउ

२०७६ साउन ४ गते ११:४६

खोटाङ , ४ साउन- खोटाङमा स्थानीय तहका कर्मचारीका लागि लोकसेवा आयोगले लिइरहेको परीक्षास्थलमा प्रवेश गरेर प्रश्नपत्र च्यात्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रश्नपत्र च्यात्नेमा आदिवासी जनजाति कार्यकर्ताहरुको संलग्नता रहेको प्रहरीले जनाएको छ । लोकसेवा आयोगले शनिबार बिहान ७ बजेदेखि प्रदेश १ का...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us