सल्यानमा भित्रियो इजरायली कृषि प्रविधि

२०७६ साउन ५ गते १५:४८

सल्यान,५ साउन -सल्यानका किसानले तरकारीखेतीमा इजरायली प्रविधि भित्र्याएका छन्। यस प्रविधिबाट तरकारीखेती गर्दा धेरै फाइदा हुने रोग, किराको आक्रमण नहुने, निश्चित तापक्रममा तरकारी हुर्कने र बढी उत्पादन हुने भएकाले इजरायली प्रविधि निकै राम्रो रहेको सिद्धकुमाख गाउँपालिका–३ ढोरचौरका व्यावसायिक कुलाराम रेउले बताए ।दिनहुँ खेतबारीमै व्यस्त...

बालुवाटारमा बस्यो नेकपा सचिवालय बैठक :कसले कुन विभाग पाउने

२०७६ साउन ५ गते १५:१८

काठमाण्डु ,५  साउन-प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु भएको छ। सचिवालय बैठकबाट जिल्ला इन्चार्जहरू, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषद, जेष्ठ कम्युनिस्ट मञ्चलगायतका विषय टुंगो लगाउने तयारी छ। ३२ केन्द्रीय विभागमध्ये १८ पूर्व एमाले र १४ पूर्व माओवादीले लिने...

एपोलो ११ चन्द्रमामापाइला टेकेको ५० औँ वार्षिकोत्सव संसारभरि मनाइँदै

२०७६ साउन ५ गते १४:५१

एजेन्सि ,मानिसले संसारभरि चन्द्रमामा पहिलो पटक मानव पाइला परेको ५० औँ वार्षिकोत्सव मनाइरहेका छन्।संसारभरिका शहर र ह्युष्टनस्थित नासा भिजिटर सेन्टरमा यो महत्त्वपूर्ण वार्षिकोत्सव मनाउन विभिन्न कार्यक्रम गरिएको छ।सैनिकहरूले प्याराशुट देखाएर ,लाइभ ब्याण्ड बजाएर नयाँ वर्षको जस्तो समयको टिकटिक (काउण्ट डाउन) पनि आर्मस्ट्रङको पहिलो पाइलाको...

महिनावारी हुँदा स्यानीटरी भन्दा मेन्स्ट्रूअल कप विश्वसनीय

२०७६ साउन ५ गते १४:२४

काठमाण्डु, ५ साउन-महिनावारीका बेला प्रयोग गरिने स्यानीटरी सामानहरूको पहिलोपटक बृहत् वैज्ञनिक समीक्षा गरेका अनुसन्धानकर्ताहरूले मेन्स्ट्रुअल कप पनि ट्याम्पून र प्याड जस्तै रगत नचुहिने भन्दै त्यसबारे महिलाहरू ढुक्क हुनसक्ने बताएका छन्। मेन्स्ट्रुअल कप रबरजस्तै एकदमै नरम र लचिलो सामग्रीबाट बन्छ।ट्याम्पूनको एउटा प्याकेट भन्दा धेरै महङ्गो...

घाँसे झाडीभित्र महिला मृत अवस्थामा

२०७६ साउन ५ गते १३:३९

भक्तपुर, ५ साउन– सूर्यविनायक नगरपालिकास्थित सिर्जनानगर बस स्ट्याण्डसँगैको सडक पेटीको घाँसे झाडीभित्र अन्दाजी ५० देखि ५५ वर्षकी महिला मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले बताए । पहिचान खुल्न नसकेको मृतक महिलाको टाउकोमा चोट लागेको पाइएको जानकारी दिँदै...

क्रिकेटको नियममा परिर्वतन

२०७६ साउन ५ गते १३:२७

  एजेन्सि -अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले खेलाडी परिवर्तनका लागि फुटबलको जस्तै नियम लागु गर्ने निर्णय गरेको छ । आईसीसीको हालै लन्डनमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । यसअघि खेलका लागि खेलाडी सार्वजनिक भइसकेपछि त्यसबाहेक अर्को कुनै खेलाडी परिवर्तन गर्न नपाइने , परिवर्तन...

हेटौँडा–काठमाडौँ सडक सञ्चालन

२०७६ साउन ५ गते १३:०५

काठमाण्डु,५ साउन–भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको तराई तथा भित्री मधेशलाई काठमाण्डुसँग जोड्ने छोटो मार्ग हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ मार्ग आज बिहानदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । दश दिन लगाएर पहिरो पन्छाएपछि बाटो सञ्चालन भएको हो । इन्द्रसरोवर गाउँपालिका अन्तर्गतको महालक्ष्मी खोलामा आएको पहिरो तथा...

भारतबाट सवा दुई अर्बको तरकारी आयात

२०७६ साउन ५ गते १२:५३

  बाँके, ५साउन-भारतबाट नेपालगञ्ज नाका भएर भित्रिने तरकारीको परिमाण अत्यधिक बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७४\७५ मा सवा अर्ब रुपियाँको तरकारी भित्रिएकोमा आर्थिक वर्ष २०७५\७६ मा सवा दुई अर्ब रुपियाँको तरकारी नेपालगञ्ज भित्रिएको छ । भारतबाट नेपालगञ्ज भएर भित्रिने तरकारी...

पुर्व मुख्यमन्त्री शिला दिक्षितको निधन

२०७६ साउन ५ गते १२:२१

एजेन्सि-तीन पटकसम्म दिल्लीको मुख्यमन्त्री भएकी८१ वर्षीय शिला दिक्षितको दिल्लीको फोर्टिस एस्कार्टस् अस्पतालमा शनिबार दिउँसो तीन बजेर ५५ मिनेटमा निधन हा ।केही समय अघिदेखि उनी मुटुरोगले थलिएकी थिइन् । शिला दिक्षित सन् १९९८ देखि २०१३ सम्म लगातार १५ वर्षसम्म दिल्लीको मुख्यमन्त्री रहिन् । सन् २०१४...

निमार्ण भएको दुई महिनामै रोशी खोलाको पुल भासियो

२०७६ साउन ५ गते १२:०७

काभ्रेपलाञ्चोक, ५ साउन- निमार्ण सम्पन्न भएको दुई महिना नपुग्दै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल भाँसिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, तथा पूर्वाधार कार्यालयमार्फत रु तीन करोडको लागतमा बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले बनाएको पुल भासिएको छ...

लागुऔषधसहित तीन युवक पक्राउ

२०७६ साउन ५ गते ११:३७

सीराहा- सशस्त्र प्रहरीको टोलीले सिरहा नगरपालिका–१७ माडरबाट प्रतिबन्धित लागुऔषधसहित तीन युवालाई पक्राउ गरेको छ भारतबाट पैदल आउँदै गरेका तीनै जनालाई लागुऔषध १०० ट्याब्लेट निट्राजिपाम बरामद भएकाले पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताए। । सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट माडरबाट खटिएको टोलीले जाँचका क्रममा लागुऔषधसहित...

छुट्टाछुटै घटनामा तीन बालबालिकासहित पाँचको मृत्यु

२०७६ साउन ५ गते ११:२७

लाहान,५ साउन- सिरहामा शनिबार भएको विभिन्न घटनामा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । आफ्नै घर अगाडि खेल्ने क्रममा सिरहा नगरपालिका–१२ सारश्वर निवासी प्रमोदकुमार साहको पाँच वर्षीया छोरी सन्ध्याकुमारी साहको सर्पले दाहिने खुट्टाको औँलामा टोकेपछि उनलाई उपचारको लागि लहानतर्फ ल्याउने क्रममा उनको मृत्यु...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us