महिनावारी हुँदा स्यानीटरी भन्दा मेन्स्ट्रूअल कप विश्वसनीय

काठमाण्डु टुडे २०७६ साउन ५ गते १४:२४ मा प्रकाशित

काठमाण्डु, ५ साउन-महिनावारीका बेला प्रयोग गरिने स्यानीटरी सामानहरूको पहिलोपटक बृहत् वैज्ञनिक समीक्षा गरेका अनुसन्धानकर्ताहरूले मेन्स्ट्रुअल कप पनि ट्याम्पून र प्याड जस्तै रगत नचुहिने भन्दै त्यसबारे महिलाहरू ढुक्क हुनसक्ने बताएका छन्।
मेन्स्ट्रुअल कप रबरजस्तै एकदमै नरम र लचिलो सामग्रीबाट बन्छ।ट्याम्पूनको एउटा प्याकेट भन्दा धेरै महङ्गो पर्ने मेन्स्ट्रुअल एउटा कपको १५ पाउण्डदेखि २५ पाउण्डसम्म पर्छ तर यो प्रत्येक महिना पुन  प्रयाेग गन सकिन्छ र १० वर्षसम्म पुग्छ।

महिनावारीका क्रममा हुने रक्तस्रावलाई मेन्स्ट्रुअल कपले सोस्ने भन्दा पनि जम्मा गर्ने गर्छ।मेन्स्ट्रुअल कप योनिमा राखिन्छ र पुन: प्रयोग पनि गर्न सकिन्छ। जबकि ट्याम्पून भने पुन: प्रयोग गर्न मिल्दैन।मेन्स्ट्रुअल कप प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ तर त्यससम्बन्धी जनचेतनाचाहिँ महिलाबीच तुलनात्मक रुपमा कम भएको पाइएको छ।

१३ वटा अध्ययनको परिणामले मेन्स्ट्रुअल कपले कसरी काम गर्छ भन्ने विषयमा अभ्यस्त भएपछि ७० प्रतिशत महिलाहरूले त्यसकै प्रयोगलाई निरन्तरता दिन चाहेको देखाएको छ।योनिमा राखेपछि रगत बाहिर ननिस्कियोस भनेर त्यसले बिर्को बन्द गर्ने जस्तो (सिलबन्दीको) काम गर्छ।मेन्स्ट्रुअल कप दुई प्रकारका हुन्छन्। एउटा भजाइना कप जो योनिको तल बस्छ र घन्टी आकारको हुन्छ। अर्को चाहिँ सर्भिकल कप हो जो अलिमाथि बस्छ। विज्ञहरू भन्छन्, के प्रयोग गर्ने भन्ने कुरा महिलाहरूको व्यक्तिगत छनोटको विषय हो।तर उनीहरूलाई राम्रो सुझाव र प्रमाणहरू दिन आवश्यक छ ताकि उनीहरूले यस विषयमा निर्णय लिन सकुन्।

अनुसन्धानका प्रमुख लेखक तथा लिभरपुल स्कुल अफ ट्रपिकल मेडिसिनका प्राध्यापक पेनेलोप फिलिप्स होवार्डले भन्छन् । विश्वव्यापि रुपमा १ अरब ९० करोड महिलाहरू महिनावारी हुने उमेर समूहका भए पनि स्यानीटरी उत्पादनबारे राम्रा अध्ययनहरू कमै मात्रै भएको छ। ती महिलाले वर्षमा सरदर ६५ दिन महिनावारीसँग जुझ्नुपर्छ।न्याशनल हेल्थ साइन्सका अनुसार १२ देखि ५२ वर्ष उमेर समूहका महिलाहरूको जम्मा ४८० पटक महिनावारी हुन्छ।विश्वव्यापिरुपमा मेन्सट्रुअल कप उपलब्ध गराउन सके त्यसले महिनावारीसँग सम्बन्धित सङ्क्रमणलगायतका स्वास्थ्य समस्या र गरिबीसँग जुध्न पनि सघाउ पुग्ने अनुसन्धानकर्ताहरू विश्वास गर्छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us