
रौतहट , ४ साउन- रौतहटको देवाही गोनाही नगरपालिकामा बाढीको पानी जमेको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ८ वर्षीया निरुता कुमारी र पिन्की कुमारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । देवाही गोनाही नगरपालिका ५ को लालबकैया नदी भन्दा उतर पूर्वतर्फ रहेको बाँधको खाल्डोमा जमेको पानीमा नुहाउन जाँदा उनीहरुको मृत्यु भएको हो । बाख्रा चराउन जाँदा गर्मी भएपछि उनीहरु खाडलमा नुहाउन पसेका थिए ।