आज प्रतिनिधिसभाको बैठक बस्दै

२०७९ चैत २४ गते ११:२६

काठमाण्डु, २४ चैत- प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवन बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७८-०७९’ पेश गर्ने कार्यतालिका रहेको छ । यस्तै बैठकमा...

सरकारको नीति तथा कार्यक्रम: शान्ति प्रक्रियाका बाँकी काम २ वर्षभित्र पुरा गर्ने

२०७९ चैत २३ गते १८:२९

काठमाण्डु, २३ चैत– सरकारले शान्ति प्रक्रियाको बाँकी काम अब २ वर्षभित्र पुरा गर्ने घोषणा गरेको छ । आज बिहीबार सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सञ्चार मन्त्री रेखा शर्माले शान्ति प्रक्रियाका बाँकी काम २ वर्षभित्र पुरा गर्ने बताएकी छन । तत्कालीन सरकार र नेकपा...

सहकारीको कामकारवाहीमा प्रश्न छन्, सच्चिनुस्: प्रधानमन्त्री प्रचण्ड

२०७९ चैत २३ गते १८:२७

काठमाण्डु, २३ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको कामकारवाहीमा प्रश्न उठिरहेको भन्दै सच्चिन आग्रह गरेका छन् । आज (बिहिबार) राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना गरेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनलाई सम्बोधन गर्दै...

बजेट बनाउँदा गुणात्मक ढंगले फड्को हान्नुपर्नेछ: प्रधानमन्त्री प्रचण्ड

२०७९ चैत २३ गते १८:२१

काठमाण्डु, २३ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्षको बजेट गुणात्मक ढंगले फड्को हान्ने गरी बनाउने बताएका छन । आज (बिहीबार) राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले बजेट परम्परागत ढंगले बनाएमा...

सिस्नु टिप्न गएका २ जना नाबालिका मृत भेटिए

२०७९ चैत २३ गते १८:१५

रुकुम पूर्व , २३ चैत– रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा सिस्नु टिप्न गएका दुई जना नाबालिका फेला परेका छन । हिजो बुधवार सिस्नु टिप्न गएका पुथा उत्तरगंगा–३ घर भएका १० वर्षीय रिमा बुढा र ८ वर्षीय काली बुढा मूत अवस्थामा फेला परेका प्रहरीले बताएको छ...

सत्ता गठबन्धनको प्रतिवद्धता: सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन

२०७९ चैत २३ गते १८:०४

काठमाण्डु, २३ चैत– सत्तारुढ १० दलिय गठबन्धनले सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन । आज (बिहीबार) सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन पारित बताएकी...

क्यालेन्डर नै बनाएर प्रत्येक महिना निश्चित प्रतिशत बजेट खर्च गरौँ: सापकोटा

२०७९ चैत २३ गते १७:३२

काठमाण्डु, २३ चैत– माओवादी केन्द्रका सांसद माधव सापकोटाले विकास बजेट खर्च नहुने प्रवृत्तिलाई न्यूनीकरणका लागि बजेट क्यालेन्डर बनाउनुपर्ने बताएका छन । आज (बिहीबार) बसेको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन । उनले बजेट क्यालेन्डर बनाइ प्रत्येक महिनामा निश्चित प्रतिशत बजेट...

प्रतिनिधि सभामा दुई विधेयक पेश

२०७९ चैत २३ गते १७:२२

काठमाण्डु, २३ चैत– आज बिहिबार बसेको प्रतिनिधिसभा बैठकमा दुई महत्त्वपूर्ण विधेयक टेबुल भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरेका हुन् । यस्तै, बैठकमा नेकपा माओवादी केन्द्रका...

गठबन्धनले सभामुखविरुद्ध महाअभियोग ल्याउन सक्छ: केपी ओली

२०७९ चैत २३ गते १७:१५

काठमाण्डु, २३ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सक्ने बताएका छन । आज (बिहीबार) पार्टी निकट पेशागत महासंघको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले कुनै दिन सभामुखविरुद्ध पनि महाअभियोग ल्याउन बेर नलगाउने टिप्पणी...

बञ्चरेडाँडामा संसदीय समिति पठाउन सांसद पाण्डेको आग्रह

२०७९ चैत २३ गते १६:२२

काठमाण्डु, २३ चैत– नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फोहोर फाल्न थालेको भन्दै यसलाई रोक्न माग गरेका गरेका छन । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले व्यवस्थित ढंगले फोहोर फाल्न बञ्चरेडाँडा ल्याण्डफिल साइट बनाए पनि त्यहाँ अव्यवस्थित...

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

२०७९ चैत २३ गते १६:१३

काठमाण्डु, २३ चैत– सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सप्तरीको बोदेबर्साइन नगरपालिका ५ भाटिन बस्ने वर्ष १७ का सागर पण्डित रहेका छन् । मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो । आज बिहीबार दिउँसो बोदेबर्साइन २ बैरियास्थित बिषनपुर बोदेबर्साइन सडक खण्डमा...

संसदको १०० दिनको पनि समीक्षा गर्नुपर्छ: लेखनाथ दाहाल

२०७९ चैत २३ गते १६:०४

काठमाण्डु , २३ चैत– नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संसदको १०० दिनको समीक्षा गर्नुपर्ने बताएका छन । आज बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले सदनमा सरकारको सय दिनको समीक्षा भएको तर, संसदको समय दिनको समीक्षा नभएको बताएका छन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us