बजेट बनाउँदा गुणात्मक ढंगले फड्को हान्नुपर्नेछ: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०७९ चैत २३ गते १८:२१ मा प्रकाशित

काठमाण्डु, २३ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्षको बजेट गुणात्मक ढंगले फड्को हान्ने गरी बनाउने बताएका छन ।

आज (बिहीबार) राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले बजेट परम्परागत ढंगले बनाएमा जनताको अपेक्षा सम्बोधन गर्न नसक्ने बताएका छन ।

उनले कनिका छरेजस्तो बजेटले कुनै उपलब्धी नदिने पनि बताएका छन । उनले भने, ‘बजेटमा सबैतिर कनिका छरे जस्तो गरेर छर्ने भन्दापनि यो वर्ष बजेट तथा नीति कार्यक्रम बनाउँदा सरकारले गुणात्मक ढङ्गले परिणाममुखी हुने गरी फड्को हान्न जरुरी छ ।

आगामी बजेटको निरन्तरता, परम्परागत ढङ्गमा गयौं भने सरकारले जनताको अपेक्षा र असन्तुष्टिहरुलाई सम्बोधन गर्न सक्दैनौं’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us