
काठमाण्डु , २३ चैत– नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संसदको १०० दिनको समीक्षा गर्नुपर्ने बताएका छन । आज बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले सदनमा सरकारको सय दिनको समीक्षा भएको तर, संसदको समय दिनको समीक्षा नभएको बताएका छन । उनले भने, ‘ हामीले संसदको सय दिनको पनि समीक्षा गर्नुपर्छ । हामी पनि यो संसद भवनमा पसेको सय दिन भएको छ’ ।
उनले संसदलाई जनताको आवाज बुलन्द गर्ने थलो रुपमा बुझ्ने गरिएको बताउँदै सांसद दाहालले संसद जनताको अपेक्षा र राष्ट्रको आवश्यकता पूरा गर्ने थलो भएको बताएका छन ।
उनले भने, ‘कुरा गर्ने थलोलाई हामीले काम गर्ने थलोको रुपमा रुपान्तरण गर्नैपर्छ ।’ उनले पुराना सोच र चिन्तनबाट नयाँ आवश्यकता पूरा गर्न नसकिने बताएका छन ।
उनले त्यसअनुसार भूमिका निर्वाह गर्न र सरकारको सय दिनको समीक्षा तथ्यमा टेकेर गर्न सांसदहरुलाई समेत आग्रह गरेका छन । उनले भने, ‘ सबैलाई थाहा छ सरकार निर्माण भएको सय दिन भएको छ ।
सय दिनको समीक्षा हामी यो सदनमा गरिरहेका छौं । सरकारको समीक्षा गर्दा माननीयज्यूहरुलाई मेरो आग्रह छ, पुरानो जगमा उभिएर नयाँ वस्तु देख्न सकिन्न ।
हामीले अब सत्यको जगमा उभिएर आलोचना र टिप्पणी गर्नुपर्छ ।’ उनले सरकारको सय दिन देख्न पूर्वाग्रह र इष्र्याबाट मुक्त हुनुपर्ने उल्लेख गर्दै उनले १०० दिनमा सरकारले सकारात्मक सन्देश दिएको बताएका छन ।