सिस्नु टिप्न गएका २ जना नाबालिका मृत भेटिए

काठमाण्डु टुडे २०७९ चैत २३ गते १८:१५ मा प्रकाशित

रुकुम पूर्व , २३ चैत– रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा सिस्नु टिप्न गएका दुई जना नाबालिका फेला परेका छन ।

हिजो बुधवार सिस्नु टिप्न गएका पुथा उत्तरगंगा–३ घर भएका १० वर्षीय रिमा बुढा र ८ वर्षीय काली बुढा मूत अवस्थामा फेला परेका प्रहरीले बताएको छ ।

बुधवार सिस्नु टिप्न सेराबाङ गएका उनीहरू रातिसम्म घर नआएपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए । स्थानीय लुपर खोलाको भिरमा शव भेटिएपछि अनुसन्धान गर्न नेपालगन्जबाट कुकुर सहितको टिम परिचालन गरिएको प्रहरीले बताएको छ ।

अभिभावकले बिहीबार बिहान घटनाबारे प्रहरीलाई जानकारी गराएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us