जुम्लामा साढे ९ हजार भन्दा बढी मत बदर

काठमाण्डु टुडे २०७९ मंसिर १२ गते १६:४३ मा प्रकाशित

काठमाण्डु,१२ मंसिर– ४ मंसिरमा भएको प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्ष निर्वाचनमा जुम्लामा ९ हजार ६ सय ४४ मत बदर भएको छ।

प्रतिनिधिसभा तर्फ २ हजार ४ सय ७८, मत बदर भएको छ भने प्रदेशसभा (क) तर्फ १ हजार ८२, मत बदर भएका छ यस्तै प्रदेशसभा (ख) ६ सय ९८ र प्रदेशसभा समानुपातिक तर्फ २ हजार ९ सय ३७, प्रतिनिधिसभा समानुपातिक तर्फ २ हजार ४ सय ४९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जानकारी दिएको छ ।

प्रतिनिधिसभामा ४५ हजार २ सय ८४ मत खसेको थियो भने प्रदेश (क) मा २४ हजार ६ सय ६५ र प्रदेशसभा (ख) मा २० हजार ६ सय ७, प्रदेशसभा समानुपातिकतर्फ ४५ हजार ७ सय १३ र प्रतिनिधिसभा समानुपातिक तर्फ ४५ हजार ६ सय १० मत खसेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।

मतदाता शिक्षा दिने नाममा निर्वाचन आयोगले निर्णय मात्रै गरेको तर कार्यान्वयनमा ध्यान नदिएकाले धेरै मत बदर भएको स्थानीय बताएका छन । जिल्ला निर्वाचन कार्यालयले भने बदर मत संख्या न्यून गर्न जुम्लाका ८ वटै स्थानीय तहमा नमुना मतदान गरी मतदाता शिक्षा अभियान चलाएको बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us