राप्रपा निकट युवा संघका चितवन उपाध्यक्ष माओवादी प्रवेश

काठमाण्डु टुडे २०७९ भदौ १ गते १८:२१ मा प्रकाशित

चितवन, १ भदौ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्टिय प्रजातान्त्रिक युवा सघं जिल्ला चितवनका उपाध्यक्ष शंकर विश्वकर्मा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

विश्वकर्मा ५० कार्यकर्तासहित बुधबार माओवादी प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी (आरसी) ले टीका लगाएर स्वागत गरे । विश्वकर्माले माओवादी केन्द्रमा भविय देखेर आफूहरु पार्टी प्रवेश गरेको बताए ।

उनले प्रचण्डलाई डाइनामिक राजेता भएको संज्ञा दिए । संयोजक अधिकारीले पार्टीमा आउनेहरुलाई बिना हिच्किचाहट जिम्मेवारी दिइने प्रतिबद्धता जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us