भक्तपुरमा कार र स्कुटर ठोक्किँदा एकको मृत्यु

काठमाण्डु टुडे २०८१ वैशाख १८ गते ११:५४ मा प्रकाशित

भक्तपुर, १८ वैशाख– भक्तपुरको सूर्यबिनायकमा कार र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश ०१–०३०च०९९५ नम्बरको कार र बा७३प२८३६ नम्बरको स्कुटर सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरमा आपसमा ठोक्किएका प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक रामेछाम लिखुतामाकोशीका २३ वर्षीय सुजन तामाङ गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा आज मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

स्कुटर पछाडि बस्ने सोही ठाउँका २३ वर्षीय राज तामाङ घाइते भएका छन् । तमाङको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको छ । यसैबीच प्रहरीले कार चालक ३१ वर्षीय आशिष श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us