भारतीय दूतावासमा गोली चल्यो, एकको सुरक्षा गार्डको मृत्यु

काठमाण्डु टुडे २०७९ असार २० गते १८:१७ मा प्रकाशित

काठमाण्डु, २० असार– नेपालस्थित भारतीय दूतावासमा एक सुरक्षा गार्डको गोली लागेर मृत्यु भएको छ ।

लैनचौरस्थित दूतावास सुरक्षार्थ तैनाथ दीपक सिंह नामका भारतीय सुरक्षा गार्डको ड्युटीकै समयमा मृत्यु भएको हो । भारतीय दूतावासले उनले आफैंले आफैंलाई गोली हानेर आत्महत्या गरेको बताएको छ ।

घटनाबारे दूतावासले नेपल प्रहरीलाई जानकारी गराएको छ । शवको व्यवस्थापन भने आफैं गर्ने दूतावासले जनाएको छ । यसैबीच घटनाको जानकारी लिन गएको नेपाल प्रहरीको टोलीलाई भित्र प्रवेश गर्न रोकिएको छ । मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us