तर, पार्टी पराजयको कारण बाह्य नभएर पार्टीभित्रैबाट अन्तर्घात भएको उनले बताए । ‘अरु पार्टीका कारण होइन, हामी अन्तर्घातका कारणले हारेका हौं’, बुधबार नयाँबोश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दल बैठकमा ओलीले भने, ‘एमालेमा यस्तो समस्या यसअघि थिएन, त्यसबारे समीक्षा गर्नुपर्छ ।’
धेरै स्थानमा पार्टीका उपमेयर जित्नु र मेयरका उम्मेदवार हार्नुको कारण खोजिनुपर्ने उनको भनाइ थियो । ओलीले अन्र्घातमा एमालेले अरु पार्टीलाई उछिनेको भन्दै चिन्ता व्यक्त गरे ।
काँग्रेस र माधव नेपालको पार्टीमा समेत यस प्रकारको अन्तर्घात नभएको ओलीले उल्लेख गरे । ओलीले निर्वाचनमा एमाले हराउन राज्यशक्तिको चरण दुरुपयोग गरिएको आरोप लगाए । ओलीले लोकप्रिय मतका आधारमा अहिले पनि एमाले पहिलो पार्टी भएको दाबी गरे ।