जोगियो गण्डकीका मुख्यमन्त्रीको पद

काठमाण्डु टुडे २०८१ वैशाख १७ गते २०:३५ मा प्रकाशित

काठमाडु, १७ वैशाख– एमाले नेता खगराज अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रियाविरूद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र सांरगा सुवेदीको संयुक्त इजलासले रिट खारेज गरेको हो ।

अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्दा सभामुख कृष्णप्रसाद धिताललाई समेत गणना गरेको भन्दै कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले रिट दायर गेरका थिए ।

उनले गत २७ चैतमा दायर गरेको रिटमा असंवैधानिक तवरले मुख्यमन्त्री नियुक्त गरेको भन्दै प्रदेश प्रमुख डिल्लीराज भट्ट, मुख्यमन्त्री अधिकारी र सभामुख धिताललाई विपक्षी बनाइएको थियो ।

अदालतले रिट खारेजसँगै मुख्यमन्त्री अधिकारीले मन्त्रिपरिषद विस्तार गर्न पाउने भएका छन् । यसअघि सर्वोच्चले अधिकारीलाई दीर्घकालीन प्रकृतिका निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us