बुटवल, १९ मंसिर– लुम्बिनी प्रदेश अधिवेशनको मतगणनामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलेसुरुवाती अग्रता लिएको छ। सभापतिका लागि हालसम्म गणना भएको मतमा सभापतिका उम्मेदवार अमरसिंह पुन अघि देखिएका छन्।
सभापति सहितका पदाधिकारी र सदस्यमा पुनको प्यानले अग्रता लिएको छ। २६५ मत गणना हुँदा सभापतिमा संस्थापनइतरका पुनले १५७ मत ल्याएका छन्। देउवा पक्षीय सभापतिका प्रतिस्पर्धी भरत शाहले १०७ मत ल्याएका छन्।