विष्णु पौडेलको पनि उपप्रधानमन्त्री पद गयो

काठमाण्डु टुडे २०७८ असार ८ गते १९:१४ मा प्रकाशित

काठमाण्डु, ८ असार– अर्थमन्त्री विष्णु पौडेलको पनि उपप्रधानमन्त्री पद गुमेको छ ।

सर्वोच्च अदालतले मंगलबार प्रतिनिभिसभा विघटनपछि विस्तारित २१ मन्त्रीको पद खारेज गरेसँगै पौडेलको पनि उपप्रधानमन्त्री पद गएको हो ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले दिएको अन्तरिम आदेशमा पौडेललाई उपप्रधानसहित अर्थमन्त्री उल्लेख गरिएको थियो । तर, केही घण्टाकै बीचमा अदालतले फैसला सच्याएको छ ।

सर्वोच्च अदालत श्रोतका अनुसार त्रुटि सच्याएर अर्को आदेश जारी गर्ने तयारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us