बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन शिक्षामन्त्री श्रेष्ठको दबाब

काठमाण्डु टुडे २०७८ जेठ २९ गते ८:५१ मा प्रकाशित

काठमाण्डु, २९ जेठ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले झापाको बिएण्डसी मेडिकल कलेजले कानुनी प्रक्रिया पूरा गरेर कलेज सञ्चालनका लागि सम्बन्धन दिन चिकित्सा शिक्षा आयोग निर्देशन दिएका छन् ।

शुक्रबार आयोगका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा आयोगको सातौं बैठक बसेको थियो । प्रधानमन्त्री ओलीले नेपाललाई शिक्षा र स्वास्थ्यको शैक्षिक हब बनाउने धारणा राख्दै देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरी शिक्षा नीतिनियम बनाउन आयोगलाई निर्देशन दिई बैठकबाट बाहिरिएका थिए ।

त्यसपछि आयोगका सहअध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले चार नम्बर बुँदामा छलफल गर्दै सम्बन्धनको विषयलाई प्राथमिकता दिएको आयोग सदस्य एवं निजी मेडिकल कलेज एसोसिएसनका अध्यक्ष बसुरुद्दिन अन्सारीले बताए ।

उनका अनुसार बिहान ११ बजेदेखि साढे २ बजेसम्म चलेको बैठकमा प्रधानमन्त्री ओलीले मेडिकल शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीलाई स्वदेशमै अध्ययनको वातावरण मिलाउन नियमन प्रक्रिया पुगेका कलेजहरूलाई सम्बन्धन दिनबाट रोक्न नहुने धारणा राखेका थिए । त्यही आधारमा शिक्षामन्त्रीले आयोगका सदस्यहरूलाई सम्बन्धनको कानुनी प्रक्रिया पूरा भएनभएको अध्ययन गरी निर्णय गर्ने निर्देशन दिएका हुन् । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us