दाङमा आगोले जलेर एक वर्षीया बालिकाको मृत्यु

काठमाण्डु टुडे २०७८ वैशाख ७ गते १८:०५ मा प्रकाशित

दाङ, ७ वैशाख– आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा दाङमा एक वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । आगोमा जलेर बालिकाकी आमा गम्भीर घाइते भएकी छन् ।

राप्ती गाउँपालिका–५ कालापानीमा सोमबार राति आगो ताप्ने क्रममा जलेर बालिका गम्भीर घाइते भएकी थिइन् । उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते ४४ वर्षीया पुनम सुनारको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us