काठमाण्डु— लगातार तिन हप्ता देखि भएकोे निषेधाज्ञा केही सर्तसहित भोलीबाट अन्त्य हुने भएको छ ।
गत भदौ ३ गतेबाट जारी गरिएको निषेधाज्ञा भोलीबाट खुल्ने भएको काठमाण्डुका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका हुन् ।
भोलीबाट सवारी साधनमा जोर विजोर लागु हुने ,व्यापार व्यवसायको क्षेत्रलाई निश्चित सर्त सहित खोल्न दिने निणर्य भएको तिनै जिल्लाका प्रमुख अधिकारीले जानकारी दिएका छन्, भने यो निणर्यलाई सार्वजनिक गर्ने तयारी भइरहेको पनि जानकारी दिएका छन् ।
तर, अन्य क्षेत्रमा भने भदौ ३१ गते सम्म निषेधाज्ञा गरिने तिनै जिल्लाका प्रमुखले बताएका छन् ।स्कुल फिल्म हल तथा सार्वजनिक स्थल भने खुल्ने छैन ।