चिनियाँ राजदूतको सक्रियता बढ्यो, ओलीलाई नहटाउन झलनाथलाई दबाब

काठमाण्डु टुडे २०७७ असार २३ गते १३:४१ मा प्रकाशित

काठमाण्डु, २३ असार– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा वरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी छन् ।

खनाल निवास डल्लुमा मंगलबार भएको भेटमा नेपालको विकसित पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको थियो । श्रोतका अनुसार झण्डै एक घण्टा लामो भेटमा राजदूत यान्छीले प्रधानमन्त्री केपी ओलीको विकल्प नखोज्न आग्रह गरेकी थिइन् । नेकपाको जारी स्थायी समिति बैठकमा नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा दिन दबाब दिँदै आएका छन् ।

यसअघि पनि राजदूत यान्छीले नेकपा विवाद मिलाउन भूमिका खेलेको टिप्पणी भइरहँदा यसपटक पनि उनको सक्रियता बढेको छ । उनले दुई दिनअघि नेकपाका अर्का वरिष्ठ नेता माधवुमार नेपाललाई भेटेर ओलीको विकल्प नखोज्न सुझाएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us