कञ्चनपुर, १९ असार– कञ्चनपुरमा एक प्रेम जोडी सँगै नहरमा हामफालेका छन् ।
भीमदत्त नगरपालिका–२ उल्टाखामका २३ वर्षीय राकेश चौधरी र २२ वर्षीया रेणु चौधरी सँगै नहरमा हाम फालेको प्रहरीले जनाएको छ । राकेश बेपत्ता भएका छन् । उनको खोजी जारी छ । रेणुलाई भने प्रहरीले उद्धार गरेको छ ।
उनको महाकाली अस्पतालमा उपचार जारी छ । घटनाबारे थप छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका नायब उपरीक्षक (डिएसपी) अम्मर थापाले जानकारी दिए ।