काठमाण्डु, ११ फागुन–उपचारको लागि अस्पताल भर्ना भएका एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको अवस्थामा सुधार आएको छ । बाथ र युरिक एसिडले च्यापेपछि नेता ओली शनिबार ग्राण्डी अस्पतालमा भर्ना भएका थिए । आइतबार डिस्चार्ज हुने या अस्पताल बस्ने भन्ने कुरा चिकित्सकले टुंग्याउन बााकी रहेको ओलीका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिए । नेता ओली मृगौला रोगबाट समेत पीडित छन् ।