विराटनगरको रानी क्षेत्रमा तनाव

काठमाण्डु टुडे २०८१ वैशाख ५ गते १७:३२ मा प्रकाशित

काठमाण्डु, ५ वैशाख– विराटनगर दुई समूहबीच विवाद भएपछि विराटनगरको रानी क्षेत्र तनावग्रस्त भएको छ । राम नवमीको अवसरमा एउटा समूहले निकालेको र्‍यालीलाई विराटनगर १५ मा अर्को समूहले अवरोध गरे पछि विवाद सुरु भएको थियो ।

बुधबार दिउँसो अवरोधपछि सुरू भएको विवाद बढेपछि रानी क्षेत्र तनावग्रस्त भएको हो । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेको छ ।

केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास पनि प्रहार गरेको मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिएका छन । विराटनगरको– १५ र १७ को बीचमा एउटा समूहले र्‍यालीलाई अवरोध गरेपछि विवाद बढेको थियो । अहिले रानी क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति भएको स्थानीयबासीकाले जानकारी दिएका छन ।

स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेर दुवै समूहलाई तितरबितर पारेको मोरङ प्रहरी उपरीक्षक कार्कीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us