हाम्रो नयाँ कृषि सहकारी ठगी आरोपीविरुद्ध मुद्दा नचल्ने

काठमाण्डु टुडे २०८१ वैशाख ५ गते १५:४४ मा प्रकाशित

काठमाण्डु, ५ वैशाख– काठमाण्डुमा रहेको हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका सञ्चालकहरू छुटेका छन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को रायअनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुमा मुद्दा नचल्ने निर्णय गरेको हो ।

सहकारी अपचलनमा संलग्नले अपचलन गरेको रकम फिर्ता गरेपछि सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको सीआईबी एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिएका छन ।

सरकारी वकिलको कार्यालयको निर्णयअनुसार पक्राउ परेका तीन जना हाम्रो नयाँ कृषि सहकारी उपाध्यक्ष लिलाबहादुर गुरुङ, कोषाध्यक्ष रामहरि अधिकारी र सञ्चालक नविन अछामीलाई प्रहरीले थुनामुक्त गरेको हो ।

सहकारी पीडित उजुरीकर्ताको रकम पिर्ता भए पनि उनीहरूविरुद्ध मुद्दा चलाउनु नपर्ने रायसहित प्रतिवेदन सीआईबीले सरकारी वकिलको कार्यालय पठाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us