भारत लैजाँदै गरेको १२८० प्याकेट चुरोट जमुनाहबाट बरामद, तीन जना पक्राउ

काठमाण्डु टुडे २०८१ वैशाख ५ गते १३:२२ मा प्रकाशित

काठमाण्डु, ५ वैशाख– प्रहरीले बाँकेको जमुनाह नाकाबाट भारत लैजाँदै गरेको चुरोट बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहबाट करिब एक लाख ५८ हजार ७२० मूल्य बराबरको १२८० प्याकेट खुकुरी चुरोट बरामद गरीएको प्रहरीले जानकारी दिएको छ ।

अवैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले चुरोट बरामद गरीएको प्रहरीले जानकारी दिएको छ ।

चुरोटसहित ढुवानीमा संलग्न तीन जना व्यक्ति पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । बरामद भएको चुरोटसहित पक्राउ परेका तीनै जनालाई अनुसन्धानको लागी भन्सार कार्यालय पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us