अर्को चुनाव नभएसम्म यही गठबन्धन सरकार रहन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८१ वैशाख ५ गते १२:३१ मा प्रकाशित

काठमाण्डु, ५ वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्को चुनाव नभएसम्म यही गठबन्धनको सरकार मुलुकमा रहने दाबी गरेका छन ।

मंगलबार नेपाल उद्योग परिसंघको २१ औं वार्षिकोत्सवमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन । उनले भने, ‘अर्को चुनाव नभएसम्म यही सरकार रहन्छ, ‘मिडियामा आएका समाचारलाई गम्भीर रूपमा लिन आवश्यक छैन ।’

प्रधानमन्त्री प्रचण्डले आफूले तीन पटक विश्वासको मत लिँदा पनि आफू नै प्रधानमन्त्री रहिरहेको बताएका छन । उनले भने, ‘मैले तीन पटक विश्वासको मत लिए पनि प्रधानमन्त्री मै छु ।’ यस्तै प्रचण्डले मन्त्रीहरू फेरबदल हुँदा त्यसलाई अस्थिरताको रूपमा लिन नहुने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us