सल्यानमा बस दुर्घटना, १३ जना घाइते

काठमाण्डु टुडे २०८१ वैशाख ५ गते १२:१० मा प्रकाशित

काठमाण्डु, ५ वैशाख– दाङको घोराहीबाट रुकुम जाँदै गरेको बस सल्यानको बागचौर नगरपालिका– २ ठिनबाङ खोलामा दुर्घटनामा परेको छ ।

रा. १ ख २०८५ नम्बरको बस ठिनबाङ खोलाको पुलबाट खस्दा १३ यात्रु घाइते भएको प्रहरीले जानकारी दिएका छन । घाइतेको थारमारे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us