श्रममन्त्री अर्याल र कतारका लागि राजदूतबीच भेटवार्ता

काठमाण्डु टुडे २०८१ वैशाख ४ गते १७:२४ मा प्रकाशित

काठमाण्डु, ४ वैशाख– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एल एई अन्सारी बिच शिष्टाचार भेटवार्ता भएको छ । भेटमा श्रममन्त्री डोलप्रसाद अर्यालले नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न आग्रह गरेका छन ।

मन्त्रीले भने, ‘हामी सीपयुक्त नेपाली श्रमिक रोजगारीमा पठाउन र नेपाली श्रमिकलाई सिपयुक्त बनाउन चाहन्छौ । त्यसैले श्रमिकको सीप विकासमा तपाईहरुको सहयोगको अपेक्षा गर्छौ ।’ कतारले नेपाली श्रमिकलाई रोजगारीको अवसर दिएकोमा मन्त्री अर्यालले धन्यवाद दिएका छन ।

उनले भने, ‘कतारले नेपाली श्रमिकलाई समान व्यवहार गरेको छ भन्नेमा म विश्वस्त छु । कतारले मर्यादित र व्यवस्थित श्रमको अभ्यास गरेको छ । जुन प्रसंशनिय छ ।’ नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एल एई अन्सारीले नेपाल कतारको दोस्रो ठूलो स्रोत मुलुक भएको बताएका छन ।

कतारको विकासमा नेपाली श्रमिकको ठूलो योगदान रहेको बताए । नेपाली श्रमिकको सीप विकास लागि कतार सहयोग गर्न कतार सधै तयार रहेको उनले स्पष्ट पारेका छन ।

उनले भने, ‘नेपाली श्रमिकको सिप विकासका लािग के के गर्नुपर्छ, प्रस्ताव ल्याउनुहोस । हामी सबै खालको सहयोग गर्न तयार छौ ।’ भेटका क्रममा कतार सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको भ्रमण र नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बिषयमा पनि छलफल भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us