मधेश प्रदेशका वनमन्त्रीले दिए राजीनामा

काठमाण्डु टुडे २०८१ वैशाख ४ गते १६:४८ मा प्रकाशित

काठमाण्डु, ४ वैशाख–  मधेश प्रदेशका वनमन्त्री रमेशप्रसाद कुर्मीले आज मंगलबार मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाएका छन । कुर्मीले मंगलबार दिउँसो मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।

कुर्मी लोसपाबाट वनमन्त्री बनेका थिए । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिंदै छन् । लोसपाले उनलाई विश्वासको मत नदिने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us