मधेश प्रदेश सभामा जनमत पार्टीको नाराबाजी

काठमाण्डु टुडे २०८१ वैशाख ४ गते १४:५८ मा प्रकाशित

काठमाण्डु, ४ वैशाख– आज (मंगलबार) बसेको मधेश प्रदेश सभाको बैठक जनमत पार्टीले अवरोध गरेपछि १० मिनेट स्थगित भएको छ । आज मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक बोलाइएको छ ।

सभामुखले बैठक सुरू गरेलगत्तै जनमत पार्टीका सांसद चन्दन सिंहले सरकारले गरेको प्रतिवद्धता पूरा गर्नुपर्ने माग राखेका छन । ८ माघमा कृषि विश्वविद्यालयको उद्घाटनमा जनमत पार्टीका सांसद महेशप्रसाद यादवमाथि आक्रमण भएको थियो ।

६ फागुनमा मुख्यमन्त्रीले तेस्रो पटक विश्वासको मत लिंदा उक्त घटनाको बारेमा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरिएको थियो । आज चौथो पटक मुख्यमन्त्रीले विश्वासको मत लिंदा जनमत पार्टीले उक्त कुरा पूरा नभएको भन्दै बैठक अवरोध जनाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us