रामेछापमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ वैशाख ४ गते १४:४७ मा प्रकाशित

काठमाण्डु, ४ वैशाख– रामेछापमा मोटरसाइकल दुर्घटना हुदाँ एक जना मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मन्थली नगरपालिका–२ कठजोर बस्ने २६ वर्षीय अशोक नेपाली रहेको प्रहरीले जनाएको छ ।

रामेछापको खाँडादेवी गाउँपालिका– ३ भिरपानीमा तिल्पुङबाट काठमाण्डुतर्फ जाँदै गरेको बा.८९ प ४३८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक नेपालीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको खाल्टे अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको मन्थली अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us