दुई चार सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ: एमाले नेता बास्कोटा

काठमाण्डु टुडे २०८१ वैशाख ४ गते १४:३५ मा प्रकाशित

काठमाण्डु, ४ वैशाख– सत्ता गठबन्धनमा किचलो बढिरहेको बेला पूर्व मन्त्री एवं एमाले नेता गोकुल बास्कोटाले चुनाव पूर्व गठबन्धन गरी २–४ सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्नुपर्ने बताएका छन ।

आज मंगलबार सामाजिक सञ्जाल एक्समा मङ्गलवार आफ्नो धारणा दिँदै उनले अब एउटै दलले बहुमत हासिल गर्न सक्ने चुनावी प्रणालीमा देशलाई लानु पर्नेमा बताएका छन् ।

बास्कोटाले फेरि राजनीतिक कचिङ्गलमा मुलुक फस्ने देखिनुलाई दुखद भएको बताएका छन । उनले भने, ‘सधैँको अस्थिरता किन र के का लागि, ‘समावेशी क्षेत्रलाई पनि प्रतिस्पर्धी बनाएर समेत एउटै दलले बहुमत हासिल गर्न सक्ने चुनावी प्रणालीमा देशलाई लानै पर्छ ।

चुनाव पूर्व गठबन्धन गर्ने, दुईचार सिट ल्याउने, सत्ता च्याँखे थाप्नेको पसल बन्द गरौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us