नक्कली सुनलाई सक्कली भन्दै ६० लाखमा बेचेको आरोपमा एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ वैशाख ४ गते १२:२० मा प्रकाशित

काठमाण्डु, ४ वैशाख– प्रहरीले झापाबाट नक्कली सुनलाई सक्कली भन्दै ६० लाखमा बेचेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिलुगुढीका ५४ वर्षीय शेरबहादुर गिरी रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले सोमबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । गिरीले आफूसँग १ किलो काँचो सुन रहेको भन्दै झापाको बुद्धशान्ति गाउँपालिका–२ कि ४५ वर्षीया सविता सिटौलालाई ६० लाखमा बिक्री गरेको पाइएको झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिएका छन ।

सिटौलाले ६० लामा किनेको भनिएको सुन नक्कली परेपछि प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसपछि प्रहरीले गिरीलाई बिर्तामोड–५ स्थित शनिश्चरे रोडबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us