अब चीनको केरुङदेखि काठमाण्डुसम्म पेट्रोलियम पाइप लाइन

काठमाण्डु टुडे २०७७ साउन २९ गते ७:५७ मा प्रकाशित

काठमाण्डु, २९ साउन– पेट्रोलियम पदार्थको आपूर्तिलाई थप सहज बनाउन चीनको केरुङदेखिकाठमाण्डुसम्म पेट्रोलियम पाइप–लाइन बिछ्याइने योजना छ ।

चीनको केरुङदेखि नेपालको रसुवागढी–नुवाकोट हुँदै पेट्रोलियम पाइपलाइन बिछ्याउनका लागि यसै आर्थिक वर्षमा अध्ययन गरिने भएको छ । नेपाल आयल निगमको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत उक्त पेट्रोलियम पाइपलाइन बिछ्याउने कार्यक्रम सूचीकृत गरिएको छ । केरुङदेखि काठमाण्डुसम्म प्रस्तावित पाइप–लाइन बिछ्याउने योजना अगाडि बढ्दा भारतसँगको निर्भरतामा सन्तुलन आउन सक्ने छ ।

प्रधानमन्त्री केपी ओलीको पहिलो कार्यकालमा भएको चीन भ्रमणमा समेत पेट्रोलियम आपूर्तिबारे छलफल तथा सहमति भएको थियो ।  निगमका प्रवक्ता विनितमणि उपाध्यायले चीनको केरुङदेखि काठमाण्डुसम्म पाइपलाइन बिछ्याउने योजना अगाडि बढाइएको बताउँदै चालू आर्थिक वर्षमा निगमले उक्त पाइप लाइनबारे प्रारम्भिक अध्ययन गर्ने जानकारी दिए । गाेरखापत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us