नेपाल चीनको उच्च प्राथमिकतामा छः सी जिनफिङ

काठमाण्डु टुडे २०७७ साउन १७ गते २३:२९ मा प्रकाशित

काठमाण्डु, १७ साउन– चिनियाँ राष्ट्रपति सी जिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई उच्च प्राथिमिकतामा राखेको बताएका छन् ।

नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई शनिबार शुभकामना सन्देश पठाउँदै राष्ट्रपति सीले दुई देशीय सम्बन्ध थप उचाइमा पु¥याउन चाहेको उल्लेख गरेका छन् । उनले नेपाली समकक्षी भण्डारीसँग मिलेर काम गर्न इच्छुक रहेको बताए ।

दुई देशबीचको सहकार्यबाट एक÷अर्का देशका नागरिकले उच्चतम लाभ लिन सक्नुपर्ने सीको भनाइ छ । उनले नेपाल र चीन मिलेर क्षेत्रीय स्थिरता तथा विकासमा सकारात्मक योगदान दिन सक्ने विश्वाससमेत व्यक्त गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

नेपाल र चीनबीच १९५५ अगष्ट १ मा औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us