खेलकुद

अफगानिस्तान विश्वकपबाट टाटा–बाईबाई, न्यूजिल्याण्ड सुपर एटमा

२०७१ फागुन २४ गते ५:३९

एजेन्सी– न्यूजिल्याण्ड विश्वकप क्रिकेटको सुपर एटमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा न्यूजिल्याण्डले अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै सुपर एटमा प्रवेश गरेको हो ।उता एशोसिएट राष्ट्र अफगानिस्तान समूह चरणबाटै बाहिरिएको छ । अफगानिस्तानले प्रस्तुत गरेको १८७ रनको सामान्य लक्ष्य न्यूजिल्याण्डले ३६.१ ओभरमा ४...

मेलम्चीमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

२०७१ फागुन २३ गते १४:३३

मेलम्ची,२३ फागुन- विकास,अनुशासन,स्वास्थ्य र सामाजिक सदभावका लागि खेलकुद भन्ने नाराका साथ सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा जिल्लास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । नेपाल विद्यार्थी सङ्घ इन्द्रेश्वरी उमावि इकाइको आयोजनामा सो प्रतियोगिता सञ्चालन भएको हो । सो प्रतियोगितामा तीनै क्षेत्रका गरी १७...

पाकिस्तानद्वारा अफ्रिका पराजित

२०७१ फागुन २३ गते ११:५१

काठमाण्डु,२३ फागुन- शनिबार भएको विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिाकालाई २९ रनले हराएको छ । २ बलअघि नै ४६.४ ओभरमै २२२ रनमा समेटिएको खेलमा कप्तान मिस्बाह उल हकले सबैभन्दा बढी ५६ रन जोडेर सो उपलव्धी हाँसिल गरेको हो । ४७ ओभरमै छोट्याइएको खेलमा सरफराज अहमदले...

लगातार चौथो खेल जित्दै भारत क्वाटर फाइनलमा

२०७१ फागुन २२ गते १४:४७

काठमाण्डु, २२ फागुन- शुक्रबारको खेलमा भारत लगातार चौथो खेल जित्दै विश्वकप क्रिकेटको क्वाटर फाइनलमा प्रवेश गरेको छ । वेष्ट इण्डिजलाई ४ विकेटले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको भारतले समुह चरणको २ खेल बाँकी छँदै क्वाटर फाइनलमा पुग्न सफल भएको थियो । खेलमा भारतलाई जिताउन...

खेलाडी खड्का र घर्तीमगर सम्मानित

२०७१ फागुन २२ गते १३:५५

काठमाण्डु,२२ फागुन- युरो इन्टरनेसनल स्कुल,काँडाघारीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र राष्ट्रिय फुटबल टोलीका खेलाडी बिमल घर्तीमगरलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रममा कप्तान खड्काले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै सम्मान गरेको हो...

पवन प्रकृतिलाई राष्ट्रपति रनिङ सिल्डको उपाधि

२०७१ फागुन २१ गते १३:१६

काठमाण्डु,२१ फागुन- राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि पवन प्रकृति विद्यालयले हासिल गरेको छ । ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा बिहिबार आयोजित उक्त प्रतियोगितामा पवन प्रकृतिले दुई सय दुई अङ्क जोड्दै उपाधिमाथि कब्जा जमाएको हो । प्रतियोगितामा एक सय नौ अङ्कका साथ बज्र एकेडेमी...

साफमा स्वर्ण पदक विजेता खेलाडी जीवन चलाउन सिराहको बगरमा गिट्टी, बालुवा चाल्दै

२०७१ फागुन २१ गते ३:२२

सिरहा, २१ फागुन– आफ्नो जीवनको अत्यन्त ऊर्जावान् समय मुलुकको प्रतिष्ठाका लागि कुस्ती खेलेर बिताएका सिरहाका एक कुस्ती खेलाडी हातमुख जोर्न समस्या भएपछि गिट्टी, बालुवा चालेर जीविका चलाइरहेका छन् । अयोध्यानगर–९ कसाहाका ५२ वर्षीय जनक यादवले खेलाडी भएर आफूसहित छ जनाको परिवार पाल्न समस्या परेपछि...

अष्ट्रेलियाद्वारा अफगानिस्तान पराजित

२०७१ फागुन २० गते १२:३३

काठमाण्डु, २० फागुन, अष्ट्रेलियाले बुधबारको खेलमा अफागानिस्तान विरुद्ध एकै खेलमा सबैभन्दा धेरै रन बनाएर किर्तिमान राखेको छ । विश्वकप क्रिकेटकै इतिहासमा यो किर्तिमान राखेको अष्ट्रेलियाले सो खेलको निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ४ सय १७ रन बनाएर किर्तिमान राख्न सफल भएको हो ।...

हेलम्बु म्याराथुन फेस्टिभल हुँदै

२०७१ फागुन २० गते ८:०७

मेलम्ची,२० फागुन– सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय स्थलका रुपमा परिचित हेलम्बुमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन लागि चैत ७ गते हेलम्बु म्याराथुन फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सहभागितामा हुन लागेको साहसिक खेलकुदका लागि स्थानीय युवाको जोड रहेको बताइएको छ । किउलको शेर्माथानबाट...

झापालाई हराउँदै मनाङ सेमिफाइलनमा

२०७१ फागुन १९ गते १३:५७

काठमाण्डु– मनाङ मर्स्याङ्ग्दी क्लब मुनाल क्लव झापालाई हराउँदै १७ औं रेडबुल बुढासुब्बा गोल्डकपको सेमिफाइलनमा प्रवेश गरेको छ। झापालाई २–० गोल अन्तरले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो। मनाङले अन्तिम दुईको लागि विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग भिड्ने भएको छ। मनाङका लागि अफ्रिकन खेलाडी सिसोको...

दक्षिण अफ्रिकासँग आयरल्याण्ड २०१ रनले पराजित

२०७१ फागुन १९ गते ११:४२

एजेन्सी– विश्वकप क्रिकेटमा एशोसिएन नेशन आयरल्याण्डले पहिलो हार ब्यहोरेको छ । सुरुका दुई खेलमा जित हात पारेको आयरल्याण्ड मंगलबार दक्षिण अफ्रिकासँग २०१ रनको फराकिलो अन्तरले पराजित भएको हो । दक्षिण अफ्रिकाले ५० ओभरमा ४ विकेट गुमाएर ४११ रन बनाएको थियो । विश्वकपमा यो दोस्रो...

अमलाले तोडे विराट कोहलीको रेकर्ड

२०७१ फागुन १९ गते ९:५४

एजेन्सी, आइसिसी विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाका बलर हासिम अमलाले आयरल्याण्डविरुद्धको खेलमा सेन्चुरी बनाएर नयाँ वल्र्ड रेकर्ड बनाएका छन् । अमला एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २० सेन्चुरी बनाउने बलर बनेका छन् । यसभन्दा पहिले यो रेकर्डमा इन्डियाका उपकप्तान विराट कोहलीले नाम दर्ता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us