काठमाण्डु, २४ फागुन-न्यू डायमन्ड एकेडेमी र शसस्त्र प्रहरी बल ९एपिएफ० मदन–पासाङ स्मृति प्रथम राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भएको उक्त प्रतियोगितामा दुवै टोली समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेका हुन् । नैकापस्थित न्यू डायमन्ड स्कुलमा...
काठमाण्डु, २४ फागुन-‘सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो रनिङ ट्रफी –२०७२’ को उपाधि पूर्वक्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराह बाहिनी पकली, सुनसरीले जितेको छ । सशस्त्र प्रहरी बल, केन्द्रीय खेलकुद समितिको आयोजनामा हल्चोकस्थित मैदानमा आज सम्पन्न खेलमा बराह बाहिनीले सात स्वर्ण, दुई रजत र दुई कास्य...
चितवन, २३ फागुन-जिल्लाको पटिहानीमा आइतबारदेखि अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिता सुरु भएको छ । पद्मोदय युवा क्लब भरतपुरको आयोजनामा भएको उक्त प्रतियोगिताको आइतबार पूर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले उद्घाटन गरे । उनले राष्ट्रिय एकता एकता कायम गर्न खेलकुदको भूमिका महत्वपूर्ण भएको बताए ।...
काठमाण्डु, २३ फागुन- खेलकुदका माध्यमबाट राष्ट्रको गरिमा वृद्धिमा अतुलनीय योगदान गरेका खेलकुद क्षेत्रका तीन अग्रणी महिलालाई मानव बेचबिखनविरुद्ध सङ्घर्षरत माइती नेपालले आइतबार सम्मान गरेको छ । सम्मानित हुनेमा सङ्गीना वैद्य, तुलसा सिंह र देवु थापा रहेका छन् । एक सय छैटौँ अन्तर्राष्ट्रिय नारी दिवसको...
काठमाण्डु, २२ फागुन – सातौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता आइतबारदेखि लतितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसको क्रिकेट मैदानमा हुने भएको छ । राष्ट्रिय बहिरा क्रिकेट सङ्घको आयोजनामा यही २६ सम्म चल्ने प्रतियोगितामा काठमाण्डु, झापा, रुपन्देही, कास्की, सुनसरी र मोरङ जिल्लाका सङ्घमा आवद्ध एक/एक टोलीको सहभागिता रहने...
पोखरा, २२ फागुन-भूतपूर्व खेलाडी मञ्च नेपाल पोखराको आयोजनामा शनिबार यहाँ सम्पन्न सफल पोखरा अन्तर्राष्ट्यि म्याराथन दौड प्रतियोगितामा शसस्त्र प्रहरीका नारायण थापा प्रथम भएका छन् । सो प्रतियोगितामा भोजपुरका मिक्सन तामाङ द्वितीय र शसस्त्रकै खिमबहादुर खत्री तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय...
एजेन्सी– एसिया कप टी–२० अन्तर्गत आइतबार भारत र बंगलादेशबीच फाइनल भिडन्त हुँदैछ । बंगलादेशको आफ्नै मैदानमा हुन लागेको फाइनल खेल निके रोमानचक हुने अनुमान गरिएको छ । यसै सन्दर्भमा एक तस्बिर सामाजिक संजालमा निकै भाइरल बनेको छ । तस्बिरमा बंगलादेश क्रिकेट टीमका बलर...
काठमाण्डु, २१ फागुन-प्रथम रुस्लान ट्वन्टी ट्वन्टी क्रिकेट कप प्रतियोगिताको अन्तिम चरणमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल प्रहरी क्लब प्रवेश गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले न्यु होराइजन क्रिकेट क्लब बुटवललाई ८ विकेटले हराउँदै फाइनलमा...
काठमाण्डु, २० फागुन – विश्व फुटबल महासंघ फफाको पछिल्लो बरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । भारतमा सम्पन्न सागमा स्वर्ण जितेपछि फिफाले बिहीबार सार्वजनिक गरेको बरियाताक्रममा नेपाल तीन स्थान माथि उक्लदै १८५ औं स्थानमा आएको छ । दक्षिण एसियामा अफगानिस्तान १५१औं...
काठमाण्डु, २० फागुन – नेपाली सेनाको आयोजनामा प्रधानसेनापति प्रथम खुला दौड प्रतियोगिता यसैसाता सञ्चालन हुने भएको छ । नेपाली सेनाद्वारा आयोजित पत्रकार सम्मेलनमा यही फागुन २२ गते शनिबार विभिन्न पाँच विधाका दौड प्रतियोगिता सञ्चालन गरिने नेपाली सेनाका प्रमुख सेनानी रामकाजी रानामगरले जानकारी दिए ।...
एजेन्सी– एसिया कप अन्तर्गत बुधबार भएको पाकिस्तान र बंगलादेशको खेलमा पास्तिानले हारेको भन्दै लाहोरका एक ५० वर्षीय सरकारी कर्मचारीले आत्महत्या गरेको आज तकले जनाएको छ ।...
काठमाण्डु, १९ फागुन-काठमाण्डुका सञ्जय मुल्मी र दीपक मगर अखिल नेपाल खुला स्नुकर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । यहाँ बुधबार भएको क्वार्टर फाइनलमा सञ्जयले ललितपुरका दीपप्रज्वल ढुङ्गानालाई र दीपकले विराटनगरका अमन कार्कीलाई समान ४–१ फ्रेमले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । न्यू दरबार स्क्वायर...