खेलकुद

आफ्नै भूमिमा भारतले धुलो चाट्यो

२०७२ चैत ३ गते ११:५१

एजेन्सी– केही समयअघि एसिया कपमा अपराजित यात्रा कायम राख्दै उपाधि उचालेको भारतले आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर टेनको पहिलो खेलममा भने लज्जास्पद हार ब्यहोरेको छ । यसपटकको विश्वकपको आयोजक भारत न्युजिल्याण्डसँग ४७ रनले पराजित हुँदै लज्जास्पद हार ब्यहोरेको हो । पहिले व्याटिङ गरेको न्युजिल्याण्डले...

नेपाली मूलका खेलाडीले गरे भारतमा उत्कृष्ट प्रदर्शन

२०७२ चैत १ गते १९:२७

काठमाण्डु १, चैत –ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको अभ्यास खेलमा जय विष्टले उत्कृष्ट प्रदर्शन गरेका छन् ।भारतमा चलिरहेको खेलमा मुम्बई क्रिकेट एसोसिएसन ११ का तर्फबाट इंग्ल्याण्डविरुद्ध खेलेका विष्टले ३७ बलमा ५१ रन बनाउन सफल भए । खेलका क्रममा उनले ५ चौका र २ छक्का हानेका थिए...

बार्सिलोनाको सहज जितमा नेयमारको दुई गोल

२०७२ फागुन ३० गते १०:२०

काठमाण्डु, ३० फागुन– स्पनिस ला लिगा अन्र्तगत शनिबार राति भएको खेलबाट बार्सिलोनाले गेटाफेलाई ६–० गोलअन्तरले पराजित गरेको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा अंक तालिकामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले गेटाफेलाई ६–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको लागि नेयमारले...

नेपालले दक्षिण कोरियालाई ४-२ गोल अन्तरले हरायो

२०७२ फागुन २९ गते १५:४२

दोहा, २९ फागनु – जारी एसियन समुदायस्तरीय फुटबल लिग प्रतियोगितामा नेपालले दक्षिण कोरियालाई ४—२ गोलको अन्तरले जितेको छ । कतारको अलथुमामास्थित क्युएफए टेक्निकल मैदानमा शुक्रबार राति सम्पन्न खेलमा नेपालले सहजै जितेको हो । खेलको १२ औं मिनेटमा कोरियाले अग्रता लिएको थियो । त्यसको दुई...

अन्तर्राष्ट्रिय गोल्डकप चैत्र १८ देखि झापामा

२०७२ फागुन २९ गते १५:०७

झापा, २९ फागुन – मोफसलकै सर्वाधिक पुरस्कार राशिको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप झापामा हुने भएको छ । चैत १८ गतेदेखि सुरु हुने खेलको पुरस्कार राशि ६ लाख रुपैयाँ रहेको छ । चैत २७ गतेसम्म विर्तामोडस्थित डोमालाल रङ्गशालामा हुने गोल्डकपमा नेपालका तीनवटा विभागीय टिम र अन्तर्राष्ट्रिय...

दाङमा यसरी भयो महिलाको रेस्लीङ भीडन्त (फोटोफिचर)

२०७२ फागुन २९ गते १४:१६

दाङमा जारी महोत्सवमा यसपटक आकर्षणको एक पाटो रेस्लीङ बनेको छ । विश्वमै निकै चर्चा पाएको रेस्लीङ खेलका प्यानहरु नेपालमा पनि थुप्रै छन् । नेपालकै खेलाडी रेस्लीङ खेलेको भने धेरैले हरेका छैनन् । तर यसपटक भने दाङको महोत्सवमा आयोजकले यो अवसर जुराइदिएको छ । तस्बिरमा...

अखिल नेपाल खेलकुद महासंघमा लामा

२०७२ फागुन २८ गते १८:४४

काठमाण्डु, २८ फागुन-राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य–सचिव युवराज लामाको अध्यक्षतामा शुक्रबार अखिल नेपाल खेलकुद महासङ्घ गठन भएको छ । उनको अध्यक्षतामा १५२ सदस्यीय गठन गरेको उनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । महासङ्घको उपाध्यक्षमा अर्जुन केसी, पहलसिंह घर्ती, कुसुमकुमारी श्रेष्ठ, जनक बर्तौला, शर्केस घल्लान...

नेपालले मलेसियासँग फुटबल खेल्ने

२०७२ फागुन २८ गते १६:४८

काठमाण्डु, २८ फागुन– मलेसियामा नेपाल र मलेसियाबीच दुई मैत्रिपूर्ण फुटबल खेल हुने भएको छ । यसअघि मलेसियाले गरेको आग्रहलाई नेपालले स्वीकारेपछि चैत्र १४ गते मलेसियाको यु–२२ सँग मैत्रिपूर्ण खेल हुने भएको हो । खेलमा नेपालको तर्फबाट सागमा स्वर्ण जित्दा सहभागी टोली नै मैदान उत्रनेछ...

स्पेनको क्लबमा अनुबन्धित भएका विमलले युरोपमा हुने पहिलो खेल गुमाउने

२०७२ फागुन २८ गते १५:५८

काठमाण्डु, २८ फागुन– स्पेनको तेस्रो डिभिजन क्लब मार्बेला युनाइटेडमा अनुबन्धित भएका नेपाली फुटबलर विमल घर्तीमगरले आफ्नो पहिलो खेल गुमाउने भएका छन् । आफ्नो १८ दिने टुरका क्रममा युरोपमा रहेको टीमका अनुसार विमललाई सामान्य चोट लागेका कारण उनले युरोपमा हुने पहिलो खेल गुमाउने छन् ।...

सागमा पदक जितेका खेलाडीको सम्मान

२०७२ फागुन २७ गते १५:१९

काठमाण्डु, २७ फागुन- भारतमा सम्पन्न बाह्रौ दक्षिण एसियाली खेलकुद ९साग०मा काठमाण्डु जिल्लाबाट सहभागिता जनाएका पदक विजेता खेलाडीलाई बिहीबार सम्मान गरिएको छ । काठमाण्डु जिल्ला खेलकुद विकास समितिद्वारा बिहीबार आयोजित एक कार्यक्रममा भारतको सिलोङ र गुवाहाटीमा सम्पन्न सागमा काठमाण्डुका दुई खेलाडीले स्वर्ण, दुई खेलाडीले रजत...

सागमा स्वर्ण पदक जितेकी फुपुले हङ्गेरीमा जितिन् अर्को स्वर्ण

२०७२ फागुन २६ गते १९:३७

काठमाण्डु, २६ फागुन– केही महिनाअघि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जितेकी जुडो खेलाडी फुपुल्हामूखत्रीले हङ्गेरीमा पनि सोही पदकमा आफ्नो नाम लेखाएकी छन् । हङ्गेरीको बुढापेष्टमा आज आयोजित ‘खुला जुनियर जुडो च्याम्पियनसिप’मा उनले ६३ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् । ब्राजिलमा...

प्रहरीलाई हराउँदै न्यु डायमन्ड फाइनलमा

२०७२ फागुन २५ गते १९:०४

काठमाण्डु, २५ फागुन-न्यु डायमन्ड एकेडेमीले नेपाल प्रहरी क्लबलाई पराजित गर्दै मदन–पासाङ स्मृति प्रथम राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल चरणमा प्रवेश गरेको छ । नैकापस्थित न्यु डायमन्ड स्कुलको खेल मैदानमा मंगलबार भएको सेमिफाइनलमा न्यु डायमन्डले प्रहरीलाई ५–२ को सेटमा पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको हो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us