काठमाण्डु, ७ फागुन–एघारौँं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा नेपाली सेनाका नवराज साउद प्रथम भएका छन् । भूपू खेलाडी मञ्च नेपाल पोखराको आयोजना तथा सुजल डेरीको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा आज भएको सो प्रतियोगितामा प्रथम भएका साउदले ४२ दशमलव १९५ किलोमिटरको दूरी दुई घन्टा...
काठमाण्डु, ७ फागुन–बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेजले च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्ने आश अझै नमारेको बताएका छन् । स्पेनिस च्याम्पियन बार्सिलोनाले अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेनसँग ४-० को लज्जास्पद हार व्यहोरेको छ । दोस्रो लेगमा मार्च ४ मा घरेलु मैदान नाउ क्याम्पमा खेल्दैछ...
काठमाण्डु, ५ फागुन–च्याम्पियन्स लिगको अन्तिम को पहिलो लेगमा सविकको विजेता रियल मड्रिडले नापोलीलाई ३-१ को अन्तरले हराएको छ । बुधबार राति भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउदैँ यो जित निकालेको हो । रियलको घरेलु मैदानमा भएको खेलमा नापोलीले आँठौँ मिनेटमा नै इन्सिगेनको...
काठमाण्डु, ४ फागुण-उपाधिको दाबेदार मानिएको क्याटलान टोली बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ सिक्स्टिनको पहिलो लेगमा लज्जास्पद हार बेहोरेको छ। गएराति भएको खेलमा बार्सिलोना फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग ४-० को फराकिलो अन्तरले पराजित भयो। यससँगै बार्सिलोनाको च्याम्पियन्स लिग यात्रा यही...
काठमाण्डु, ३ फागुन– अष्ट्रेलियाका क्रिकेटर एडम भोग्सले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । श्रीलङ्काविरुद्धको खेलमा टोेलीको नेतृत्व गर्नुअघिल्लो दिन उनले यो खेल नै आफ्ना लागि अन्तिम हुने बताएका थिए । उनी पाको उमेरमा टेष्ट डेब्यु गर्ने क्रिकेटर हुन् । ३५ वर्षको उमेरमा २०१५...
काठमाण्डु, ३ फागुन–म्यन्चेस्टर सिटी इंग्लिस प्रिमीयर लिग फुटबल प्रतियोगिताको अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।गएराति भएको खेलमा बर्नेमाउथलाई २-० को गोल अन्तरले हराउँदै सिटीले लिग लिडर चेल्सीसँगको अंक दूरी ८ मा झारेको हो। । २५ खेलको समाप्तिमा चेल्सी ६० अंकसहित शीर्ष स्थानमा छ।...
काठमाण्डु, २ फागुन– क्रिकेटको सहर धनगढी क्रिकेटमय बन्दै गएका बेला प्रशिक्षण गर्नका लागि सुविधा सम्पन्न स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र, धनगढीमा आइतबारबाट औपचारिक रुपमा उद्घाटन भएको छ । क्रिकेटको सहर धनगढीमा क्रिकेट गतिविधिहरु बढिरहेका बेला प्रशिक्षण गर्नका लागि झन्डै रु आठ लाखको लगानीमा स्पार्क क्रिकेट...
काठमाण्डु, २ फागुन– इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा लिग लिडर चेल्सीले बर्नलीसँग अंक बाँडेको छ। टर्फ मूरमा गएराति भएको खेलमा पाहुना टोली चेल्सी १-१ को बराबरी खेल्दै अंक बाड्न बाध्य भयो। सातौँ मिनेटमा पेड्रो रोड्रिग्वेजको गोलबाट १-० ले पछि परेको घरेलु टोलीलाई २४औं मिनेटमा...
काठमाण्डु, १ फागुन–डिफेन्डिङ च्याम्पियन बार्सीलोना स्पेनिस ला-लिगाको शीर्ष स्थानमा उक्लिएको छ। लिगमा २२ खेल खेलेको बार्सीलोना ४८ अंकसहित शीर्ष स्थानमा छ। एल्भसलाई घरेलु मैदानमा ६-० ले हराउँदै बार्सीलोना शीर्ष स्थानमा उक्लिएको हो। मेन्डिजोर्रोजा रंगशालामा बार्सीलोनालाई लुइस सुआरेजले ३७ मिनेटमा सुरुवाती गोल गरेका थिए। ४०...
काठमाण्डु, १ फागुन–इंग्लीश प्रिमियर लिगमा गएराति आर्सनल र लिभरपूलले जित हात पारेका छन् । यी टोलीले आ-आफ्ना विपक्षीलाई २-० ले पराजित गरेका छन् । यसक्रममा लिभरपूलले टोटनह्याम र आर्सनलले हल सिटीलाई पराजित गरेका हुन्। आर्सनलको जितमा दुवै गोल एलेक्सिस साञ्चेज तथा लिपरपूलको जितमा दुवै...
काठमाण्डु, २९ माघ–प्रधानसेनापति खुल्ला म्याराथनको उपाधि नेपाल प्रहरीका भूमिराज राईले जितेका छन् । उनले निर्धा्रित दुरी २ घण्टा २४ मिनेट १३ सेकेण्डमा पुरा गरे । नेपाली सेनाका अमल्दार कृष्ण बस्नेतले दोस्रो भए । उनी राई भन्दा मात्र दुई सेकेण्डले पछाडि रहे । सेनाकै राजन...
काठमाण्डु, २९ माघ–नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने विश्वका उत्कृष्ट क्रिकेटरको सूचीमा पर्न सफल भएका छन्। विश्वका उत्कृष्ट ३० युवा क्रिकेटरको सूचीमा १६ बर्षीय सन्दीप पनि परेका हुन्। क्रिकेटसम्बन्धी अनलाइन ‘अल आउट क्रिकेट’ले सन्दीपलाई विश्वका ३० उत्कृष्ट क्रिकेटरको ३० नम्बर सूचीमा राखेको छ। विश्वका क्रिकेट...