खेलकुद

विश्वप्रसिद्ध फुटबलर डिएगो म्याराडोना अस्पताल भर्ना

२०७५ पुष २९ गते ११:२५

एजेन्सी – विश्वप्रसिद्ध फुटबलर डिएगो म्याराडोना अस्पताल भर्ना भएका छन् । हर्नियाको शल्यक्रिया गर्न उनी अस्पताल भर्ना भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । ५८ वर्षे म्याराडोनाको स्वास्थ्यमा जनावरी महिनाको सुरुदेखि समस्या देखिएको थियो ।...

न्युक्यास्टलमाथि चेल्सीको जित, तीन अंक खोस्यो

२०७५ पुष २९ गते ११:११

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले न्युक्यास्टललाई पराजित गर्दै महत्वपूर्ण तीन अंक खोसेको छ । शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा चेल्सीले न्युक्यास्टललाई २–१ गोलअन्तरले पराजित गरेको हो । चेल्सीको जितमा पेड्रो र विलियमले गोल गरे । यता, न्युक्यास्टलको लागि भने कैयरन...

अल्ट्रा म्याराथन माघ १६ मा

२०७५ पुष २९ गते १०:३०

दमौली, २९ पुस – खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको व्यास नगरपालिकाले दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ । शहीद दिवसको अवसर पारेर व्यास नगरपालिकाले माघ १६ गते दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्न लागेको हो । व्यास नगरपालिका–५...

आईसीसी वरीयतामा पारस खड्का एक स्थान माथि उक्लिए

२०७५ पुष २८ गते १७:३४

काठमाण्डु, २८ पुस – आईसीसीले सार्वजनिक गरेको नयाँ टी– २० वरीयतामा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का ब्याटिङतर्फ एक स्थान माथि उक्लिँदै ९७ औं स्थानबाट ९६ औं स्थानमा पुगेका छन् । बलिङतर्फ सोमपाल कामी एक स्थान तल झर्दै ९३ औं स्थानमा पुगेका छन् भने...

नेपाल पुलिस क्लब तेस्रो स्थानमा

२०७५ पुष २८ गते १६:११

काठमाण्डु, २८ पुस – नेपाल पुलिस क्लबले दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको छ । चन्द्रागिरीस्थित न्यू डायमण्डको मैदानमा आज भएको खेलमा पोखराको टप्स माविलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस क्लब तेस्रो भएको हो...

वुमन्स टी २० स्म्यासः नेपालको शानदार जित, चीन १० विकेटले पराजित

२०७५ पुष २८ गते ११:३६

काठमाण्डु, २८ पुस – थाइल्याण्डमा जारी टी–२० स्म्याश क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित हात पारेको छ । आज भएको खेलमा नेपालले चीनलाई १० विकेटले हरायो । थाइल्याण्ड क्रिकेट एसोसियशनको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चीनले २० ओभरमा ६ विकेट गुमाउँदा मात्र...

महिला टी–२०ः नेपाल र चीनबीचको खेल शुरु

२०७५ पुष २८ गते १०:२७

काठमाण्डु, २८ पुस – आजदेखि थाइल्याण्डमा हुने महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र चीनबीचको खेल भर्खरै शुरु भएको छ । थाइल्याण्डको बैंककमा चीनविरुद्ध नेपालले टस जितर पहिले फिल्डिङ रोजेको छ । थाइल्याण्ड क्रिकेट एशोसिएसनले आयोजना गरेको प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले चीनसँग...

महिला क्रिकेटः उद्घाटन खेलमा नेपालले चीनसँग भिड्ने

२०७५ पुष २७ गते १३:२२

काठमाण्डु, २७ पुस – थाइल्याण्डमा हुने महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली महिला टोलीले चीनको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । भोलि शनिबारदेखि आगामी माघ ५ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको...

खेल सङ्घको विवाद समाधान हुँदैः समितिको म्याद एक महीना थप

२०७५ पुष २७ गते १२:४३

काठमाण्डु, २७ पुस – युवा तथा खेलकूद मन्त्रालयले पछिल्लो समय खेल सङ्घमा देखिएको विवाद समाधान गर्न गठित समितिको म्याद एक महीना थप गरेको छ । गत मङ्सिर १७ गते युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको मन्त्रिस्तरीय निर्णयबाट राष्ट्रि«य खेलकूद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाको संयोजकत्वमा तीन...

बलात्कारको आरोपमा रोनाल्डाको डिएनए मागियाे

२०७५ पुष २७ गते ११:३७

एजेन्सी । २००९ मा बलात्कार आरोप गरेको लागेका फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोसँग लसभेगस प्रहरीले उनको डीएनए नमुना माग गरेको छ । अमेरिकी पूर्वमोडेल क्याथरिन मायोग्राले सन् २००९ मा लसभेगसको पालम्स होटल एन्ड क्यासिनोको नाइट क्लबमा भेटेपछि रोनाल्डोले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् ।...

लेभान्तेसँग बार्सिलोनाको लज्जास्पद हार

२०७५ पुष २७ गते ९:५०

एजेन्सी । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना लेभान्तेसँग पराजित भएको छ । घरेलु मैदानमा लेभान्तेलाई जिताउन ईरिक काबाको र ब्रोजा मायोरलले एक एक गोल गरे । पहिलो हाफमै २–० को अग्रता बनाएको लेभान्तेले दोस्रो हाफमा भने गोल...

प्रत्येक स्थानीय तहमा खेलग्राम बनाइने

२०७५ पुष २६ गते १३:२६

काठमाण्डु, २६ पुस – सरकारले मुलुकभरका ७५३ वटै स्थानीय तहमा एक–एक वटा खेलग्राम पूर्वाधार निर्माण गर्ने भएको छ । युवा तथा खेलकूद मन्त्रालयले पूर्वधार निर्माणसम्बन्धी कार्यविधि तयार गरी मन्त्रिपरिषद्मा पेश गरेको थियो । मन्त्रिपरिषद्को यही पुस १३ गतेको बैठकले उक्त कार्यविधि पारित गरेको हो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us